आइसोलेसन भरिएपछि अब घरमै



हेटौंडा, (नेस)÷पश्चिम मकवानपुरको नगरोन्मुख ब्यापारिक क्षेत्र मनहरी गाउँपालिकामा संकलन भएका ६० वटा स्वाबमध्ये एकैदिन २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

अधिक कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राख्ने ठाउँको अभाव भएको छ । होम आइसोलेसनमा राख्ने व्यबस्था मिलाउने तयारी गरिएको छ ।

मंगलबार साँझ सार्वजनिक भएको रिपोर्टअनुसार कोरोना संक्रमण मनहरी गाउँपालिका वडा–८ को सिमपानी र वडा–६ को लोथरमा देखिएको हो । मनहरी–८ स्थित आइसोलेसन इन्चार्ज ज्योतिराज लुईंटेलका अनुसार संक्रमित २५ जनामध्ये २२ जना वडा–८ का छन् । सिमपानीस्थित संक्रमितहरु एकैघरका ३ जनासम्म छन् ।

वडा–८ मा कोरोना संक्रमित भएकामा १ र ५ वर्षका बालक पनि छन् । संक्रमितमा वडा–८ का १३, २१, २२, २७, ३०, ३२, ३९, ५६ र ६० वर्षका महिला छन् । वडा–१, ५, २१, २२, २३, २९, ३२, ३३, ४२, ४८ र ५२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

वडा–७ का एक पुरुष, वडा–६ का पुरुष र राक्सिराङ गाउँपालिकाका पुरुषसहित संक्रमित संख्या २५ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्