नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशतमा खुम्चिने



न्युज अफ नेपाल, काठमाडौं ।

एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धि १ दशमलव ५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । एडीबीले मंगलबार प्रकाशित गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेटमा सो उल्लेख छ । निर्यात, रेमिट्यान्स र पर्यटकको आगमनमा भएको गिरावट र कोरोनाभाइरसको प्रभावका कारण नेपालको अर्थतन्त्रमा थप गिरावट हुनसक्ने एडीबीको भनाइ छ ।

नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भारतमा अपेक्षित तीव्र आर्थिक मन्दीले पनि नेपालको वृद्धिलाई रोक्ने नेपालका लागि एडीबीका कन्ट्री निर्देशक मुख्तोर खामुदखानोभले बताएका छन् । नेपालको कृषि उत्पादनमा धानको उत्पादन मनसुनका कारण बढ्ने अपेक्षा गरिएको छ । तर, मल खरिदमा भएको ढिलाइले कृषि उत्पादनको वृद्धिलाई नराम्रो असर पार्न सक्छ ।

औद्योगिक उत्पादनमा संकुचन र निर्माण क्षेत्रमा ढिलाइ, सुस्त व्यापार र अन्तर्राष्ट्रिय पर्यटन धेरै समय बन्द रहँदा त्यसको असर अर्थतन्त्रमा पर्नेछ ।मुद्रास्फीति सन् २०२० मा औसत ५ दशमलव ५ प्रतिशतको हाराहारीमा रहने अनुमान छ । चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ९ प्रतिशतबाट बढेर १ दशमलव ९ प्रतिशत हुने अपेक्षा गरिएको छ । आयात वृद्धि र रेमिट्यान्सको प्रवाहमा आएको गिरावटले यस संकटबाट विश्वव्यापी समस्या रहेको छ।

सार्क मुलुकहरूमध्ये नेपाल सन् २०२० मा तेस्रो स्थानमा रहेर आर्थिक वृद्धिदर गर्ने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ । कारोनाबाट सबैभन्दा कम प्रभावित हुने सार्क मुलुकमा बंगलादेश र भुटानपछि नेपाल रहने प्रक्षेपण छ । बंगलादेशको आर्थिक वृद्धिदर यो वर्ष पनि ५ दशमलवव २ प्रतिशत, भुटानको २ दशमलव ४ प्रतिशत ।

नेपालको २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान छ । सार्क मुलुकमध्ये सर्वाधिक ठूलो भारतले ऋणात्मक ९ प्रतिशतको आर्थिक वृद्धिदर सामान गर्दै छ भने अर्को वर्ष उसले ८ प्रतिशतको उपलब्धि हासिल गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्