आयुर्वेद चिकित्सालयका पूर्वाध्यक्षको निधन



तुलसीपुर ।

प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्वाध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ ।

मजगैैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ । उहाँ महेन्द्र बहुमुखी क्याम्पसको पूर्वप्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले बताउनुभयो । क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक सङ्घसंस्थामा पनि सक्रिय मजगैया बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुःख व्यक्त गर्नुभएको छ ।

एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्