कोरोनासँग बच्न सिकाउने गौहर बिनामास्क हिँडेपछि …



कोरोनाका कारण विश्व नै प्रभावित भइरहेको यो समयमा मानिसहरू कोरोनाबाट बच्नका लागि विभिन्न सुरक्षाका उपाय अपनाइरहेका छन् र पनि त्रसित छन्। आम मानिसदेखि चर्चित सेलिब्रेटीहरूसमेत कोरोना संक्रमणको जोखिममा रहेको यो अवस्थामा अभिनेत्री गौहर खान मास्क नलगाई सडकमा हिँडेका कारण ट्रोल भएकी छिन्।

कोभिड–१९ को महामारी विश्वभर नै पैmलिइरहेको अवस्थामा गौहर खान भने खुला सडकमा मास्कसमेत नलगाई हिँडिरहेको एक भिडियो भाइरल भएको छ। भिडियोमा गौहर सडकमा भेटिएका आफ्ना फ्यानसँग पनि बोलिरहेकी देखिन्छिन् भने उनी भिडियो बनाइरहेका मासिनसँग पनि कुराकानी गर्दै हिँडिरहेकी देखिन्छिन्।

उनको यो भिडियो सामाजिक सञ्जालमा आएसँगै मानिसहरू उनलाई जमेर ट्रोल गरिरहेका छन् भने उनी एक सेलिब्रेटी भएर पनि यस्तो काम गरेकोमा आलोचना भइरहेको छ। भिडियोमा कमेन्ट गर्दै एक फ्यानले सोधेका छन्– ‘तपाईंको मास्क कहाँ हरायो?’ त्यस्तै अर्का फ्यानले लेखेका छन्– ‘तपार्इं जस्तो मानिसका कारण दैनिक १ लाख कोरोनाको केस आइरहेको छ। तपाईं जस्तो मान्छेले आफैं मास्क नलगाई हिँड्ने होइन, अरूलाई सावधानी अपनाउन सिकाउनुपथ्र्यो।’

उक्त भिडियोमा गौहर आफैंले लभ रियाक्ट गरेकी छिन्। गौहरले कोरोनाविरुद्धका योेद्धाहरूमाथि भएको हमलाको आलोचना गरेकी थिइन् भने आफैं आइसोलेसनमा पनि बसेकी थिइन्। साथै मानिसलाई कोरोनाकालमा आफ्नो ध्यान राख्न सल्लाह पनि दिएकी थिइन्। तर, उनै गौहरको असावधानीपँर्ण हिँडेको भिडियो बाहिरिँदा भने मानिस उनीसँग रिसाएका देखिन्छन्।

प्रतिक्रिया दिनुहोस्