सुगा जापानको भावी प्रधानमन्त्री हुने निश्चित



टोक्यो,(एजेन्सी)

जापानको सत्तारुढ पार्टीले सोमवार प्रधानमन्त्री सिन्जो आवेको स्थान लिनका लागि योसिहिदे सुगालाई नयाँ नेताको रुपमा निर्वाचित गरेको छ । यसको अर्थमा उनी जापानको भावी प्रधानमन्त्री बन्ने करिव निश्चित भएको छ । अस्वस्थताको कारण गत महिना आवेले पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

७१ वर्षिय सुगा वर्तमान सरकारमा मन्त्रीमण्डलको प्रमुख सचवको रुपमा कार्यरत रहेका छन् । उनी आवेको निकटम सहयोगी भएकाले उनले आवेका नीतिहरुलाई हज ढंगले निरन्तरता दिने अपेक्षा गरिएको छ । सुगाले सत्तारुढ कन्जरभेटिभ लिवरल डेमोक्रेटिक पार्टी ( एलडिपि ) को अध्यक्ष पदका लागि भएके निर्वाचनमा विजय हासिल गरेका हुन् ।

कूल ५ सय ३४ मत मध्ये उनले विधायक र क्षेत्रिय प्रतिनिधिहरुबाट ३ सय ७७ मत हासिल गरेका छन् । सुगा आफ्नो प्रतिद्वन्द्वी पुर्व विदेश मन्त्री फुमियो किसिदा र पुर्व रक्षा मन्त्री तथा एलडिपिका पुर्व महासचिव सिगेरु इसिवालाई चुनावमा परास्त गर्न सफल भएका छन् ।
बुधवार संसदमा प्रधानमन्त्रीका छनौटका लागि अर्को मतदान हुने भएको छ । संसदमा एलडिपिको बहुमत भएकले सुगा प्रधानमन्त्रीमा छनौट हुने निश्चित छ । आगामी सन् २०२१ के सेप्टेम्वरमा आम चुनाव नहुन्जेलसम्म सुगा पदमा रहने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्