सवारी चालकलाई ट्राफिकको ‘नमस्कार’



अमृत अर्याल,स्याङजा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङजाले स्याङजाका सवारी चालकहरुलाई नमस्कारको अभियान एक कार्यक्रमका विच शुरु गरेको छ । नमस्कारको अभियान ट्राफिक प्रहरीको पहिचान भन्ने मुल उद्देश्यका साथ ट्राफिक स्याङजाले शुरु गरेको हो ।

जिल्लालाई दुर्घटना रहित जिल्ला बनाउने उद्देश्यले चालक वर्गलाई नमस्कारको अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक कर्मबहादुर चुनाराले जानकारी दिनुभयो । सई चुनाराले चालकवर्गहरुलाई व्यवहारमा सम्मान र कारबाहिमा कडा गर्दै आईरहेको बताउनुभयो ।

सडकमा हुने सवारी दुर्घटनालाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले पुतलीबजार नगरपालिका–४ रामकोषमा र ११–करेण्डाडामा सचेतना बोर्ड राखेको छ । सचेतना बोर्डमा दुर्घटना ग्रस्त क्षेत्र, तिब्र गति–जिवन क्षति र गति सिमित २० मात्र लेखिएको ट्राफिक कार्यालयका प्रहरी जवान हेमबहादुर मल्लले जानकारी दिनुभयो ।

विभिन्न समयमा ट्राफिक प्रहरी कार्यालय स्याङजाले उल्लेखनिय तथा रचनात्मक कार्य गरेपनि सवारी दुर्घटना रहित जिल्ला बनाउने उद्धेश्यले दुर्घटना ग्रस्त क्षेत्रमा सचेतना २ वटा बोर्ड तथा होर्डिङ् बोर्ड राखेको यो पहिलो पटक हो ।

स्याङजा जिल्लामा जिल्ला भित्रने तथा बाहिरने सवारी साधनहरु बस, ट्रक, जिप, ट्याक्टर र रिक्सा लगायत गरि करिब दैनिक २ हजार रहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ । १५ जना मात्र जनशक्ति रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङजामा कोरोनाको समयमा करिब १ लाख पचास हजार रुपैया राजश्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्