माइक्रोसफ्टको हातबाट टिकटक फुत्कियो



वासिंगटन,(एजेन्सी)

माइक्रोसफ्टले लोकप्रिय भिडियो – सेरिंग एप टिकटकलाई अमेरिकामा संचालन गर्ने अधिकार किन्ने आफ्नो प्रस्ताव अस्विकृत भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया स्वामित्वमा रहेको सो एप बिक्रि वा बन्द गर्न १५ सेप्टेम्वर सम्मको समय सिमा तोकेका थिए ।

अनितम समयमा यसको संचालन गर्ने अनुमति ओराकल कम्पनीले प्राप्त गर्न सफल भएको छ ।ट्रम्प सरकारले टिक टक र अन्य चिनिया एपहरु राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएके दावी गर्ने गरेको छ । माइक्रोसफ्ट र ओराकलले चिनिया कम्पनी बाइटडान्सबाट टिकटक खरिद गर्न कडा प्रतिस्पर्धा गरेका थिए ।

दि वाल स्ट्रिट जर्नल र रोयटर्सले व्यवसायीहरुलाई डाटावेस प्रविधि र क्लाउड सिस्टम बेच्दै आएका ओाकलले टिकटकको टेण्डर जितेको पुष्टि गरेका छन् ।यसअघि नै ओराकल जनरल एटलान्टिक र सेक्युओइया क्यापिटल लागयतका कम्पनीहरुसंगको संयुक्त लगानीमा अमेरिका , क्यानाडा , अष्ट्रेलिया र न्युजिल्यान्डको टिकटक कारोवार किन्न दृढ रुपमा लागिपरेको खवरहरु बाहिर आएका थिए ।

टिकटकका प्रवक्ताले भने माइक्रोसफ्ट र ओराकल दुवैकाबारे कम्पनीले केहि पनि टिप्पणी नगर्ने वीवीसीलाई जानकारी गराएका छन् । ओराकल कम्पनीका अध्यक्ष लार्री एल्लिसन ट्रम्पका समर्थक हुन् ।उनले गत फेब्रुअरीमा ट्रम्पका लागि आर्थिक संकलन कार्यक्रम संचालन गरेका थिए । यसै महिनाको शुरुमा ट्रम्पले यदि कुनै पनि अमेरिकी कम्पनीले टिकटकको अमेरिकी सेवा खरिद गरेको खण्डमा सो सेवा बिक्रिबाट उठ्ने रकमको ठूलो परिमाण सरकारले पाउनु पर्ने बताएका थिए

प्रतिक्रिया दिनुहोस्