कामपामा असोज १ गतेबाट विद्युतीय कर निर्धारण र संकलन प्रणाली लागु हुने



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरले असोज १ गतेबाट विद्युतीय प्रणालीबाट कर निर्धाणर र संकलन गर्ने भएको छ । वर्षौदेखि भएको प्रयास असरफल भएपछि चालु आर्थिक वर्षबाट यो प्रणाली शुरुवात गर्न लागेको हो । देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकामा कर संकलनमाकर ठगी र चुहावट हुन थालेपछि कामपाले यो व्यवस्था गर्न लागेको हो । कामपाले सांग्रिला इन्फोटेक कम्पनीले तयार गरेको सफ्वेयरले प्रणालीबाट कर निर्धारण र संकलन गर्न लागेको हो ।

कामपाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले असोज १ गतेबाट ३२ वटै वडाबाट विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्न लागेको जानकारी दिनुभयो । उहाका अनुसार त्यसको लागि सबै वडाका सचिवलाई भोली र पर्सिबाट प्रशिक्षण दिन लागेको जानकारी दिनुभयो ।

सो प्रणाली अन्तर्गत घरको नक्सापास, व्यवसाय, मनोरञ्जन,जरिवाना, फोहोरकर, घरभाडा लगायत दुई दर्जन लगायत सबै किसिमका कर भुक्तानी गर्न सकिनेछ । विशेषगरी करदाताको अभिलेखिकरण कर संकलन, करदाताका प्रकार लगायतका सबै विवरण जानकारी हुनेछ ।
विभागीय प्रमुख न्यौपानेले २ लाख सम्मको कर वडासचिव ५ लाखसम्मको राजश्व विभागका निर्देशक, १० लाख सम्मको विभागीय प्रमुख र सो भदा माथिको कर भुक्तानीका लागि सचिव एवं प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गरी सहससचिवको सिफारिसमा भुक्तानी गर्ने व्यवस्था गरीएको छ ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत एवं सचिव एक नारायण अर्यालले कर चुहावट रोक्न र महानगरपालिकालाई स्माट महानगरको रुपमा विकास गर्न यो प्रणालीको शुरुवात गरिएको जानकारी दिनुभयो ।सोमबार आयोजित कार्यक्रममा उहाले कर संकलनको यथार्थ अवस्थाबारे जानकारी दिन याृे प्रणाली लागु गरिएको जानकारी दिनुभयो ।

भन्नुभयो– व्यवस्थित गर्न केही समय लागेपनि असोज १ गतेबाट विद्युतीय प्रणालीबाट राजश्व निर्धारण र संकलन शुरु गरेका छौ ।
उहाका अनुसार बजेट नीति तथा कार्यक्रममा उल्लेख भएको निर्णयलाई लागु गर्न यो व्यवस्थाको शुरुवात गरेको हाृ । महानगरले करिब एक महिनाभित्र यो प्रणाली पुर्ण रुपमा सञ्चालन हुने जनाएको छ ।

महानगरले कामपालाई स्मार्ट सिटीको अवधारणा अन्तर्गत करदाता अभिलेख वर्ष घोषणा गरेकोले विद्युतीय प्रणालीबाट कर संकलन र निर्धारण शुरु गरिएको हो । प्रशासकीय अधिकृत अर्यालले कार्यनीति पारित भैसकेपछि विद्युतीय प्रणालीबाट कर संकलन शुरु गर्न लागिएको जानकारी गराउदै यस्बाट महानगरलाई आर्थिक प्रणालीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो ।

विद्युतीय प्रणाली लागु गर्ने निर्णय गरेसंगै कामपा पहिलो स्थानीय निकायको रुपमा रहेको महानगरको दाबी छ । कामपाका सहचिव राजेश्वर ज्ञवालीले यो प्रणाली लागु भएपछि राजश्व संकलनमा पारदर्शी हुने जानकारी दिनुभयो ।उहाले भन्नुभयो–केही समयसम्म अप्ठ्यारो होला , लागु भैसकेपछि थप सहज हुनेछ । विभागका निर्देशक शिव अधिकारीले सबै वडासचिवलाई तालिम दिएपछि सफ्वेयर निर्माण कम्पनीले एक महिनासम्म निःशुल्क सेवा दिनेछ ।

सफ्वेयरमा कर दाताले आफ्नो करको विवरण, कर तर्ने विषय गत वर्ष तिरेको रसिद सहितको सबै विवरण पेश गरेपछि सम्बन्धित वडाले मुल्याङकन गरी कर निर्धारण गर्ने र आफैले रसिद प्रिन्ट गरेर विद्युतीय भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । सफ्टवेयर कुन करदाताले कति रकम भुक्तानी ग¥यो भन्ने विवरण सार्वजनिक हुदैन । सबै सामाग्री स्क्यानिङ गरी विद्युतीय प्रणालीबाट सम्बन्धित वडामा पठाएपछि तत्काल कर निर्धारण हुने र त्यसको आधारमा कर तिर्ने व्यवस्था छ ।

कुन महिनामा कुन वडाबाट कुन शिर्षकमा कति रकम संकलन भयो भन्ने विषयमा समेत सजिलै जानकारी हासिल गर्ने विभागी प्रमुख न्यौपानेको भनाई छ । कामपाले पहिलो चरणमा वडा कार्यालयबाट दिने सेवामा यो व्यवस्था लागु गर्न लागेको हो । लगत्तै राजश्व संकलन हुने सबै विभाग, महाशाखामा यो व्यवस्था लागु गर्नेछौ–प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ । सफ्टवेयरले सबै वडावाट मालपात कार्यालयमा लिनुपर्ने घरजग्गाका सिफारिस समेत पठाउनसक्ने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्