इतिहासमै पहिलो पटक भोटो देखाउने परम्परामा ब्रेक

भोटो नदेखाई देवतालाई बुंगमती लाने तयारी



न्युज अफ नेपाल, ललितपुर ।

भोटो नदेखाई ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथलाई सोमबार बुंगमती लगिने भएको छ ।

कोरोना महामारीले गर्दा भोटो नदेखाईकन देवतालाई बुंङमती लान लागिएको हो । छैठौं शताब्दीदेखि चल्दै आएको यस रथयात्रामा भोटो नदेखाईकन देवतालाई बुंगमती लान लागिएको यो नै पहिलो पटक हो ।

यद्यपि भोटो जात्रा कहिलेदेखि शुरु भएको भन्ने यकिन गर्न सकिने आधार र प्रमाण नभएको बताउँदै पानेजु कपिलदेव बज्रचार्यले भन्नुभयो ‘ भोटो जात्रा रोकिएको यस अघि कहिले नसुनेको  थाहा छैन । भोटो देखाउने परम्परा शुरु भएको रोकिएको यो नै पहिलो पटक हुनुपर्दछ ।’

अघिपछि भोटो जात्रा सकिएपछि मात्र देवतालाई बुंगमती लगिने परम्परा रहेको छ । यस पटक रथयात्रा पुरा नगरी बीच बाटोबाटै देवतालाई रथबाट ओरोलेर बुंगमती लान लागिएको हो ।

गुठी संस्थानका अनुसार दिउँसो ३ बजे देवतालाई बुंगमती लगिने छ भने पुल्चोकमा रहेको मिमनाथलाई तानेर टंगल पु¥याउने छ ।

यस अघि श्रावण १० गते रातो मच्छिन्द्रनाथलाई तबहालबाट ल्याएर पुल्चोकमा बनाइएको रथमा राखिएको थियो । रथयात्राको विषय महिनौं दिन अनिर्णयको बन्दी बनाइएपछि भदौं १८ गते स्थानीयले स्वतःस्र्फूत रुपमा रथ करिब २ सय मिटर तानेपछि प्रहरीसंग झडप भएको थियो । त्यसपछि भदौं २१ गते सांकेतिक रुपमा १० मिटर रथ तानेर रथयात्रा औपचारिक रुपमा समापन गरिएको थियो

प्रतिक्रिया दिनुहोस्