पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । संक्रमति उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्