नेपालमा २०६२/०६३ पछि बेथिति मौलायो



वि.सं. २०६२÷०६३ पछि नेपालमा जताततै अराजकता, विकृति, बेथिति र मनपरि मौलाएको छ । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जति सक्दो लुट्ने काम भएको छ । कोरोना भाइरस संक्रमण महामारीको नाममा नेपालमा झनै विकृति, बेथिति, अन्याय र मनपरि मौलाएको छ । मुलुकमा निषेधाज्ञा लागू हुनेबित्तिकै महँगी पनि व्यापकरूपमा बढाइएको छ । खाद्यान्नको पनि अभाव भएको अवस्था छ । यसतर्फ ध्यान दिने कसले ?

कर्णाली प्रदेशमा खाद्यान्नको अभाव भएर भोकमरी लाग्ने अवस्था छ । कोरोना भाइरस संक्रमण लागेको मानिसलाई मानिसले नै बहिष्कार गरेको परिस्थिति पनि छ । जताततै अन्याय र अत्याचार भएको छ । पीसीआर जाँच पनि भरपर्दो छैन । कतै पोजिटिभ रिपोर्ट आएको छ भने दोहो¥याएर जाँच गर्दा नेगेटिभ रिपोर्ट आइरहेको छ । यस्ता जनगुनासा सञ्चारमाध्यमबाट सुन्नमा आएको छ ।

कोरोना भाइरस संक्रमण लाग्नुभन्दा पहिले मानिसको मृत्यु भएको थिएन र ? डराउनुपर्ने किन ? जन्म र मृत्यु कसैले टारेर टर्दैन । अहिले मर्ने मानिसहरू कालगतिले मरेका हुन् । भाइरस र संक्रमण हावाद्वारा फैलिने हो । जाँच्ने हो भने कोरोना भाइरस संक्रमण प्रायः सबै नागरिकलाई देखिन्छ । यसकारण मनोबल बढाऊँ, कोरोना भाइरस संक्रमणबाट आत्तिनुपर्दैन ।

मानिसलाई अरु विभिन्न रोगहरुले पीडा पारेको हुन्छ । कोरोना भाइरस संक्रमणको अवस्थामा प्रायजसो अस्पतालमा शीघ्र स्वास्थ्यकर्मी र डाक्टरहरुबाट उपचार नपाएर मृत्यु हुनु दुःखद कुरा छ । हालको अवस्थामा स्वास्थ्यकर्मीबाट समयमा उपचार नुहुनु नै नकारात्मक पक्ष छ । जटिल र गम्भीर कुराहरूमा सरकारले ध्यान दिनुपर्ने हो तर मुलुकमा सरकार भएको नागरिकले अनुभूति गर्न पाएका छैनन् ।

के मुलुकमा लकडाउन र निषेधाज्ञा लागू गरेर कोरोना भाइरस संक्रमणको समस्या समाधान हुन्छ र ? मुलुकमा कोरोना भाइरस संक्रमण नियन्त्रण नभए निषेधाज्ञा र लकडाउन कहिलेसम्म ? निषेधाज्ञा र लकडाउनले मुलुकको अर्थतन्त्र धान्न सक्छ ? भोकमरी लाग्यो भने जिम्मेवार को ? मुलुकमा भइरहेको विकृति, बेथिति, अस्तव्यस्त, अन्याय र मनपरिको जिम्मेवारहरु को ?

रुघाखोकी पनि एकप्रकारको संक्रमण र सरुवा रोग भएजस्तै कोरोना भाइरस संक्रमण हो । कोरोना भाइरस संक्रमणलाई छेकेर छेकिन्न, घरमा बसे पनि लाग्छ । कोरोना भाइरसको महामारीमा मृत्युको आँकडा आउनेबित्तिकै नागरिक ओहो यति धेरै मानिसको मृत्यु भयो भनेर आत्तिन थाल्छन् । आत्तिनुपर्ने कुनै कारण छैन । कोरोना भाइरसको महामारी नआउँदा पनि कालगतिले दिनहुुँ मानिसको मृत्यु कैयौं गुणा हुन्थ्यो तर हामीले यति जनाको मृत्यु भयो भनेर थाहा पाउने गरेका थिएनौं । अहिले मृत्यु हुनेको संख्या थाहा पाइरहेका छौं, फरक यत्ति मात्र छ ।

कोरोना भाइरसको महामारीमा कैयौं अन्तर्राष्ट्रिय मुलुकहरुमा लकडाउन र निषेधाज्ञाको अवधिमा पनि नागरिकलाई भत्ता दिएको छ । नागरिकका लागि सरकारले नयाँ–नयाँ योजना लागू गरेको छ । हाम्रो मुलुकमा लकडाउन र निषेधाज्ञा मात्र लागू छ । यसप्रकार मुलुकमा भइरहेको विकृति, बेथिति, अन्याय र मनपरिको अन्त्य गर्ने कुनचाहिँ शासन व्यवस्थाले हो भन्ने प्रश्नचिह्न खडा भएको छ ।
– राकेशकुमार शर्मा
हेटौंडा उमनपा–२, मकवानपुर ।

 

प्रतिक्रिया दिनुहोस्