रिसले नै जोकोभिचलाई टेनिसमा पुर्यायो



लन्डन, (एजेन्सी)

केही साताअघि कोभिड–१९ सँग लडाइँ जितेर मैदानमा आएका टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपनमा नराम्रो अनुभव लिनुप¥यो। उनले रिसको झोंकमा बल हिर्काउँदा लाइन अम्पयारको घाँटीमा लागेपछि उनी अयोग्य घोषित भएसँगै उनी यूएस ओपनको चौथो चरणबाटै बाहिरिएका थिए।

विश्वका नम्बर एक खेलाडी जोकोभिच त्यो रिसले गर्दा १८औं ग्रान्डस्लाम जितको मुखैबाट विमुख भए। सर्बियाली खेलाडी यूएस ओपनका प्रमुख उपाधि दाबेदारीमा थिए। तर, उनको रिसाहा बानीले गर्दा यसपटक उनलाई घाटा भएको छ। यसको बाबजुद उनलाई यस्तै रिसले नै टेनिसमा जम्न सहयोग मिलेको छ।

यस्तो रिस जोकोभिचलाई जब युद्ध दौरान आधा रातमा हुने बमबारीमा पनि आउने गथ्र्यो। उनी बेसमेन्टमा घण्टौं जागिरहनु पथ्र्यो। उनलाई तीन महिनासम्म यस्तै खराब वातावरणबाट बानी परेको थियो। पछि, उनलाई युद्धको वातावरणमा केही सोच्न पनि कर लगायो।

जोकोभिचका बुबाको एक टेनिस एकेडेमी थियो। २२ मे १९८७ मा सर्बियाको बेल्गे्रडमा जन्मेका उनी धनी परिवारका हुन्। उनका आमाबुवाको तीनवटा रेस्टुराँ पनि थियो। उनका बुबा र काकाकाकी व्यावसायिक स्किअर्स थिए। उनका बुबा त फुटबल पनि राम्रै खेल्थे। तर, जोकोभिचले शुरूदेखि नै टेनिसलाई मन पराएका थिए।

१९९२ को गर्मीको मौसममा ६ वर्षका जोकोभिचको प्रतिभा युगोस्लाभियन टेनिस लिजेन्ड जेलेना गंकीले चिनेका थिए। त्यसबेलासम्म उनले विम्बल्डनको खेल पनि हेरिसकेका थिए। त्यहींबाट उनले खेल्ने सपना बुने।

जेलेनाले ६ वर्षसम्म जोकोभिचमाथि मिहिनेत गरेकी थिइन्। १३ वर्षको उमेरमा उनलाई म्युनिखको पिलिक एकेडेमी पठाइएको थियो। यद्यपि, उनले उच्च स्तरको प्रतियोगितामा भाग लिन सकून् भनेर। २००१ मा जब उनी १४ वर्षका थिए, तब उनले अन्तर्राष्टिय करियर शुरू गरे।

जोकोभिचले १६ वर्षको उमेरमै ५ वटा आईटीएफ प्रतियोगिता जितेका थिए। उनलाई विश्वकै जुनियर खेलाडीको सूचीमा ४०औं स्थान प्राप्त भएको थियो।

२००७ मा जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डनको सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। उनले रोजर फेडेरर, राफायल नाडल र एन्डी रोडिकजस्ता दिग्गज खेलाडीहरूलाई हराएको इतिहास पनि छ।

जोकोभिचका लागि २०११ राम्रो वर्ष रह्यो। उनी लगातार ४३ खेल जित्ने विश्वका पहिलो खेलाडी बनेका थिए। यसै वर्ष उनले अस्टे«लियन ओपन, विम्बल्डन र यूएस ओपन जितेर विश्वका नम्बर एक खेलाडी बन्न सफल भए। उनले २०१४ मा विम्बल्डनमा रोजर फेडेररलाई ५ सेटमा हराएको क्षण निकै मज्जाको भएको बताए।

जोकोभिच हाल सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा तेस्रो स्थानमा रहेका छन्। मेन्स सिंगल्समा सर्वाधिक उपाधि जित्ने कीर्तिमान रोजर फेडेररसँग छ।

स्वीट्जरल्यान्डका फेडेररले सर्वाधिक २० ग्रान्डस्लाम जितेका छन् भने स्पेनका राफायल नाडालले १९ ग्रान्डस्लाम जितेका छन्। जोेकोभिचले उनीहरूभन्दा क्रमशः २ र १ कम ग्रान्डस्लाम उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्