कीर्तिमानी गीत गजल सार्वजनिक



गीत लेखन विधाका विभिन्न विधामा कीर्तिमान बनाएका विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो शब्द रचनाको गीत गजल दुई मुटु जोडेरको लिरिकल भिडियोसहित सार्वजनिक गरेका छन्।

डा. उपाध्यायको केही अघि सार्वजनिक एल्बम चाहनाको महलमा संगृहित गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ।

प्राविधिक हिसाबले प्रयोगात्मक गजलले संगीत सिद्धान्तअनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएकाले विश्व कीर्तिमान कायम गरेको छ।

एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर शुरुआत हुन्छ। मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर शुरुआत हुन्छ। तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर शुरुआत हुन्छ। यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा संगीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व संगीतको इतिहासमा यो पहिलो हो।

प्रतिक्रिया दिनुहोस्