भारतीय राजदूतावासद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि उपलब्ध गराएको आपतकालीन राहत सामाग्री भारतीय राजदूतावासले नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्