रुस सबै देशलाई कोरोना खोप उपलब्ध गराउन इच्छुक



मस्को (एजेन्सी)

रुसको कोरोना भाइरसलाई लिएर विश्वमा आशंकाको दृष्टिले हेर्ने गरिएको भएपनि रुस सबै देशलाई खोप उपलब्ध गर्न चाहेको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)का सीईओ किरिल दिमित्रिवले बिना भेदभाव रुस हरेक देशलाई खोप दिन रुस इच्छुक रहेको बताए । अन्य देशसँग पार्टनरसि गरि खोप बनाउन सकिने पनि पनि उनले बताए । अन्य देशसँग काम गर्ने रुसको इच्छा रहेको पनि उनले जोड दिए ।

दिमित्रिवले भने ( अन्तराष्ट्रिय कम्पनीहरुसँग पार्टनरसिप र सहयोगका लागिरुसको निति पर्याप्त खुला छ । हामी गावी र सेपीसँगै डब्ल्युएचओ र अग्रणी अन्तराष्ट्रिय संगठनसँग सम्झौता गर्न गइरहेका छौ, जसले खोप बनाउँछ र रिसर्च डेवलपमेन्टमा काम गर्छ ।
स्पुटनिक भीलाई रुसको स्वास्थ्य मन्त्रालयले अगस्ट ११ मा रजिस्टर गरेको थियो । यो रजिस्टर भएको विश्वकै सबैभन्दा पहिलो कारोना भाइरस खोप हो ।

दिमित्रिवले पश्चिम सन्चार माध्यममाथि प्रश्न उठाउँदै भने, चिपान्जी एडेनोभाइरस भेक्टरमा आधारित खोप तयार गर्ने प्रयासमा हुन सक्ने खतरामा सन्चार माध्यम किन मौन छ । कम्पनीले पहिले नै रुसको खोपको परीक्षण नतिजाले मान एडेनोभाइरस भेक्टर एमआरएनए चिम्पान्जी एडेनोभाइरस भेक्टर भन्दा राम्रो हुन सक्ने पत्ता लागेको जानकारी दिएको थियो ।

रुसको उक्त खोपले सबै गुणस्तर जाँच पुरा गरिसकेको र अब यसलाई आम नागरिकलाई लगाउनका लागि जारी गर्ने रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुसी खोपको यसै हप्ताबाट तेस्रो चरणको क्लिनिकल परीक्षण शुरु हुन गइरहेका छ ।

वाइरल भेक्टर खोपका लागि दादुरा वा सामान्य रुघा ज्वरो उत्पन्न गराउने भाइरसलाई जेनेटिकली इन्जिनियरिंग गरिन्छ । यसबाट भाइरसको शरीरमा स्पाइक प्रोटिन उत्पन्न हुन थाल्छ । यो अत्यन्तै कमजोर हुन्छ र यसले शरीरलाई विरामी बनाउँदैन । दादुरा जस्ता भाइरसले शरीरमा भित्र आप्mनो प्रतिकृति तयार पार्छ ।

यस स्थितिमा प्रतिक्रियामा अत्यन्त बलियो प्रतिरोधात्मकता उत्पन्न गराउन सकिने खोपमात्र सुरक्षित मानिन्छ । यद्यपी अडेनोभाइरस जस्ता भाइरसबाट बनेका खोप लामो समयसम्म प्रभावकारी बनाउन कयौं डोज दिनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्