न्याय मर्न दिने छैन : प्रहरी प्रमुख थापा



सरिता चलाउने,सल्यान ।

सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले आफुले कुनै पनि घटनामा न्याय मर्न नदिने बताउनु भएको छ । प्रहरी प्रशासन सधै न्यायको पक्षमा काम गर्ने भएकाले समाजमा हुने गरेका जुनसुकै घनाहरुको न्याय मर्न नदिने प्रतिबद्धता जनाउनु भएको छ । भखर मात्र प्रहरी नायव उपरिक्षकको रुपमा सल्यान आउनु भएका थापाले आईतबार जिल्लाका पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा बोल्दै कतिपय घटनाहरु ढाकछोप हुने गरेको पाईएकाले त्यस्ता घटनाहरु नियाल्दै आफुले स्वच्छ र निष्पक्ष तरिकाले न्याय मर्न नदिने गरी काम गर्ने बताउनु भएको हो ।

आफु सल्यान आउन साथ जिल्ला प्रहरी कार्यलय बाहिर यहाँ न्याय बिक्रि गरिदैन, न्याय अस्वीकार गरिदैन र न्यायमा ढिलासुस्ती पनि गरिदैन, भन्ने म्याग्ना कार्टा टासेर न्यायको सुरुवात गरिएको बताउनु भयो । उहाँले भन्नु भयो म न्यायको पक्षमा काम गर्नेछु, प्रहरीले सधै न्यायको पक्षमा काम गर्छ, जस्तो सुकै घटनाको न्याय मर्न दिने छैन ।

कतिपय कुराहरु प्रहरीलाई थाहाँ नहुने भएकाले यसमा पत्रकारहरुले पनि प्रहरीलाई सहि सुचना दिएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । पत्रकारहरु पनि न्यायको पक्षमा काम गर्ने भएकाले सुचना लिने दिने कुरामा कुनै कन्जुस्याई नगरी सत्य तथ्यमा आधारीत रहेर कलम चलाउन आग्रह गर्नुभयो ।

चाँडबाड नजिकिदै गर्दा र कोरोना भाईरसको महामारी भएकाले यस्तो बेला हुन सक्ने अपराधिक घटनाहरु हुन नदिन तथा बाहिर बाट आउने मान्छेको अवाज जावातमा कम गर्न सुरक्षा व्यवस्था परिचालन र नाकामा कडाई गने प्रहरी प्रमुख थापाले बताउनु भयो

प्रतिक्रिया दिनुहोस्