पर्वतको मोदी र जलजलामा चितुवाको आक्रमणबाट तीन जना घाइते



न्युज अफ नेपाल,पर्वत ।

पर्वतको मोदी र जलजला गाउँपालिकामा चितुवाको आक्रमणबाट ती जना घाइते भएका छन । मोदी वडा नं १ भूकमा चितुवाको आक्रमणमा परि एक बृद्ध घाइते भएका भने जलजला गाउँपालिका ५ लेकफाँटको सुन्दर डाडामा दुई जना घाइते भएका छन ।

जंगलमा भैसी चराउन गएको बेला आइतबार बिहान १० चितुवाको आक्रमणमा परेर भूक देउरालीका ७४ बर्षिय बुद्धिबहादुर गुरुङ्ग घाइते हुनुभएको हो । त्यस्तै लेकफाँटमा शनिबार राती २ बजे घरमै बसेको अबस्थामा चितुवाले आक्रमण गर्दा ३३ बर्षिय नरबहादुर केसी र ४५ बर्षिय थलबहादुर खत्री घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घरबाट नजिक जंगलमा भैसी चराउन गुरुङ्गलाई एक्कासी बाँघले आक्रमण गर्दा गुरुङ्ग घाइते भएको हुनुभएको थियो । घाइते गुरुङ्गलाई
कास्कीको नयाँपुल स्थित मेडिकलमा उपचार गरि थप उपचारका लागि पोखरा पठाइएको छ । यस्तै लेकफाँटमा घाइते भएका नरबहादुर केसी र थलबहादुर खत्रीलाई बेनी अस्पताल म्याग्दीमा उपचारका लागि लगिएकोमा खत्रीलाई डिस्र्चाज गरिएको छ भने केसीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्