डब्ल्युएचओद्वारा कोरोना संक्रमण नियन्त्रणमा पाकिस्तानको सफलताको प्रशंसा



इस्लामाबाद (एजेन्सी)

कोरोना भाइरसको संक्रमण विरुद्ध पाकिस्तान सरकारको निति तथा कार्यलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ । डब्ल्युएचओ प्रमुख ट्रेडोस एडनहोमले आफनो प्रेस विफ्रिंगमा पाकिस्तान सरकारको कामको प्रशंसा गर्दै यो ती देश मध्यको एक हो जसबाट विश्वले सिक्न आवश्यक छ । एडनहोमले कोरोना भाइरस विरुद्ध पाकिस्तान सरकारको रणनितिको समर्थन पनि गरे ।

पाकिस्तानले कोरोना भाइरस संक्रमण रोक्नका लागि विगत कयौं बर्षदेखि पोलियोका लागि अपनाइएको आधारभुत संरचनाको उपयोग गरेको डब्ल्युएचओ प्रमुखले बताए । डब्ल्युएचओ प्रमुखले देशको सामूदायिक स्वास्थ्य कार्यकर्ताहरुको पनि प्रशंसा गरे । ती कार्यकर्तालाई पोलियो खोपका लागि घरघर गएर बच्चालाई खोप अभियान चलाउन प्रशिक्षण दिइएको हो ।

पाकिस्तानले आफना पोलियो कार्यकर्तालाई कोरोना संक्रमणमा निगरानी, कन्ट्याक्ट ट्रेसिंग र रेखदेखमा उपयोग गरेको उनले बताए । त्यसै कारण पाकिस्ताना कोरोना भाइरस संक्रमणमा तिब्र रुपमा गिरावट आएको हो । यो बाहेक थाइल्यान्ड, कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, इटाली, स्पेन र भियतनामले पनि कोरोना भाइरस विरुद्ध राम्रो काम गरेको उनले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका प्रमुखको उक्त बयानमा प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको स्वास्थ्य मामिला पुर्व विशेष सहायक डाक्टर जफर मिर्जाले यसबाट पाकिस्तानको प्रयासलाई अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको बताए ।

शनिबार पाकिस्तानमा कोरोना भाइरसबाट ५ सय ८४ नयाँ संक्रमित भएको भेटिए । यहाँ संक्रमित संख्या बढेर ३ लाख नाघेको छ । यस महामारीबाट मर्नेको सख्या ६ हजार ३ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्