ग्रान्डस्लाम जितेका आमा खेलाडी



लन्डन, (एजेन्सी)

ग्रान्डस्लाम टेनिस प्रतियोगिताअन्तर्गत यूएस ओपनको १ सय ४० वर्षको इतिहासमा पहिलोपटक एकैपटक दुईजना आमा खेलाडी फाइनलमा पुगेका छन्। रूसकी भेरा ज्भोनारेभाले वोमेन्स डबल्समा उपाधि जितेकी छन् भने वोमेन्स सिंगल्समा बेलारूसकी भिक्टोरिया एजारेन्का फाइनलमा पुगेकी छन्। ग्रान्डस्लाममा उपाधि जित्नेमा ज्भोनारेभा चौथो आमा खेलाडी हुन्।

यदि, एजारेन्काले पनि जितेमा उनी ग्रान्डस्लाम जित्ने पाँचौं आमा खेलाडी हुनेछिन्। एजारेन्का ७ वर्षपछि कुनै पनि ग्रान्डस्लाम फाइनलमा पुगेकी हुन्। उनले यसअघि सन् २०१२ र २०१३ मा अस्टे«लियन ओपन जितेकी थिइन्।

टेनिसको इतिहासमा हालसम्म आमा बनेपछि तीन खेलाडीले मात्रै ग्रान्डस्लाम उपाधि जितेका छन्। यी तीन खेलाडीमा अस्टे«लियाका इभोन गुलागोङ र मार्गारेट कोर्ट तथा बेल्जियमकी किम क्लाइस्टर्स हुन्।

तर, सेरेना विलियम्स र एजारेन्का आमा बनेपछि पनि फाइनलमा पुगेका हुन्। उनीहरूले उपाधि भने जित्न सकेका छैनन््। सेरेना २०१७ मा गर्भवती भएको बेला नै अस्टे«लियन ओपन विजेता बनेकी थिइन्। उनी त्यसपछि २०१८ को विम्बल्डनमा फाइनलमा पुगिन्। तर, फाइनलमा उनको यात्रा सुखद बनेन।

त्यस्तै, एजारेन्काले २०१६ मा आमा बनेर २०१७ मा कोर्टमा पुनरागमन गरेकी थिइन्। उनी २०१८ मा विम्बल्डनमा मिक्स डबल्स र २०१९ मा यूएस ओपनमा वोमेन्स डबल्समा फाइनलसम्म पुगिन् तर उनी उपविजेतामै सीमित भएकी थिइन्।

मार्गारेट कोर्ट भने सन् १९७२ मा आमा बनेकी थिइन्। उनले १९७३ मा खेलमा फर्कंदै सोही वर्षमा तीनवटा ग्रान्डस्लाम उपाधि हात पारिन्। उनले फ्रेन्च, अस्टे«लियन र यूएस ओपन जितेकी थिइन्। यसरी एकै वर्षमा तीन ग्रान्डस्लाम जित्ने उनी पहिलो आमा खेलाडी हुन्। तर, १९७४ मा दोस्रोपटक आमा बनेकी उनी १९७५ मा खेलमा फर्कंदा उनले कुनै पनि उपाधि जित्न सकेकी थिइनन्।

अर्की अस्टे«लियन खेलाडी इभोन गुलागोङ विम्बल्डनको इतिहासमा उपाधि जित्ने हालसम्म एक्ली आमा खेलाडी हुन्। उनले १९७६ मा आमा बनेपछि ७ महिनापश्चात् उनले प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। करियरमा उनले १९७७ मा तेस्रो अस्टे«लियन ओपन जितेकी हुन्। १९८० मा उनले विम्बल्डनमा पनि उपाधि जितेकी थिइन्। त्यसपछि उनले १९८३ मा संन्यास लिइन्।

त्यसैगरी, बेल्जियमकी क्लाइस्टर्सले आमा बनेपछि दुईपटक यूएस ओपन जितेकी थिइन्। उनले २००८ मा छोरीलाई जन्म दिएर पनि २००९ र २०१० मा लगातार यूएस ओप जितेकी जितिन्। यसका साथै २०११ मा अस्टे«लियन ओपनमा पनि उनी विजेता बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्