अस्टे«लियालाई वानडे सिरिजमा १–० को अग्रता



लन्डन, (एजेन्सी)

अस्टे«लियाले इंग्ल्यान्डविरुद्धको तीन वानडेको सिरिजअन्तर्गत पहिलो खेलमा १९ रनको जित हात पारेको छ। म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अस्टे«लियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९४ रन बनाएको हो। जवाफमा इंग्ल्यान्डले ९ विकेटको नोक्सान व्यहोरेर २ सय ७५ रन जोडेको थियो। यसका साथै पाहुना टोलीले सिरिजमा १–० को अग्रता लिएको छ।

इंग्ल्यान्डको शुरुआत नै निकै खराब भएको थियो। स्कोरबोर्डमा ५७ रन हुँदा टोलीले ४ विकेट गुमाइसकेको थियो। अस्टे«लियाका बलर जोस हेजलबुडले जेसन रायलाई व्यक्तिगत ३ रन र जोए रूटलाई १ रनमै आउट गरेका थिए। त्यसपछि एडाम जाम्पाले कप्तान इयान मोर्गानलाई २३ रनमा ग्लेन मेक्सवेलद्वारा क्याच आउट गरे। त्यस्तै, जाम्पाले जोस बटलरलाई केवल १ रनमै पवेलियन फर्काएका थिए।

तर, इंग्ल्यान्डका ब्याट्सम्यान सेम बिलिंग्सले १ सय १० बलको सामना गरेर १ सय १८ रनको शतकीय इनिङ खेले। उनको यो वानडे करियरको पहिलो शतक पनि हो। तर, उनको यो शतकले पनि इंग्ल्यान्डलाई जित दिलाउन भने सकेन।

टोलीमा ६ खेलाडीले दुई अंकको रन बनाउन नसक्नु नै हारको मुख्य कारण बनेको थियो। अन्य खेलाडीमा ओपनर जोनी बेयरस्टोले ८४ रनको योगदान दिएका थिए। अस्टे«लियाका बलरमा एडाम जाम्पाले ४ विकेट लिए भने म्यान अफ द म्याच जोस हेजलबुडले ३ विकेट प्राप्त गरेका थिए ।

अस्टे«लियाको शुरुआती ब्याटिङ पनि ठिकसँग चलेको थिएन। टोली ४३ रनमा हुँदा २ विकेट पतन भएको थियो। जसमा ओपनर डेभिड वार्नर ६ रनमा र कप्तान एरोन फिन्च १६ रन जोेडेर छिटै आउट भएका थिए। मार्नस लाबुसानेले पनि कुनै चमत्कारी खेल देखाउन सकेनन्। उनले २१ रन मात्रै बनाएर पवेलियनको बाटो लिए।

अस्टे«लियालाई बलियो आधार दिए मिचेल मार्स र ग्लेन मेक्सवेलले। मार्सले ७३ रन बनाए भने मेक्सवेलले ७७ रन जोडेका थिए। त्यस्तै, मार्कस स्टोइनिसले ४३ रनको योगदान दिएका थिए। मार्सको यो १२औं अर्धशतक थियो भने मेक्सवेलले २०औं अर्धसतक पँरा गरेका थिए।

दुवैले पाँचौं विकेटका लागि १ सय २६ रनको साझेदारी गर्नु नै स्कोर बलियो बनाउने आधार बनेको थियो। इंग्लिस बलरमा जोफ्रा आर्चर र मार्क बुडले ३÷३ विकेट लिएका थिए। त्यस्तै, आदिल रसिदले २ र क्रिस वोक्सले १ विकेट लिएका थिए।

अस्टे«लियाका पँर्वकप्तान स्टिभ स्मिथले पहिलो वानडेमा खेल्न पाएका थिएनन्। अभ्यासको क्रममा उनको टाउकोमा बलले लागेपछि उनी घाइते भएका थिए। त्यसैले, उनले दोस्रो वानडे खेल्छन् वा खेल्दैनन् यसमा सन्देह रहेको छ।

अस्टे«लियाले इंग्ल्यान्डसँग ५ वर्षपछि वानडे सिरिज जित्ने मौका रहेको छ। अर्को खेल जितेमा अस्टे«लियाले सिरिज हात पार्नेछ। जबकि, टोलीले टी–२० सिरिज भने भर्खरै मात्र गुमाएको थियो। यसअघि अस्टे«लियाले इंग्ल्यान्डको भँमिमा सन् २०१५ मा ५ वानडेको सिरिज ३–२ मा जितेको थियो।

यसपछि दुवै टोलीबीच दुईवटा वानडे सिरिज भएका थिए। दुवै सिरिजमा इंग्ल्यान्डले जितेको थियो। हाल भने अस्टे«लिया अगाडि छ।

एउटै भेन्युमा तीन खेल

क्रिकेटमा खेलहरू एउटै भेन्युमा खेल्ने कमै मात्र हुने गर्छ। इंग्ल्यान्ड र अस्टे«लियाबीचको वानडे सिरिज भने एउटै भेन्यु म्यानचेस्टरमा भइरहेको छ। यस्तो अवसर ४१ वर्षपछि भएको हो। यसअघि सन् १९७९ मा यी दुई टोलीबीच भएको ५ वानडे सिरिजको अन्तिम तीन खेल एउटै भेन्युमा भएको थियो। जुन खेलहरू मेलर्बनमा खेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्