जम्यो पल र वर्षाको जोडी



गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँस फुल्यो बनैमा जस्ता गीतका गायक किशोर शिवाकोटीको नयाँ गीत पर्ख तिमीलाई म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

सत्य–स्वरूपको संगीत र एकनारायण भण्डारीको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेका छन्। पल र वर्षाको अनस्क्रिन केमेस्ट्री जमेको छ।

म्युजिक भिडियोको निर्देशन सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश खड्काले गरेका छन् भने कोरियोग्राफी सुबोल थापाको छ। बुद्ध थापाको छायांकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका छन्।

गीत गायक शिवाकाटीको ट्रिब्युट एल्बममा समावेश छ। गायक शिवाकोटी अमेरिकामा रहँदै आए पनि संगीत क्षेत्रमा सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्