दुर्घटनामा फिल्म सम्पादक गौतमको निधन



फिल्म सम्पादक अनिल गौतमको सवारी दुर्घटनामा परी निधन भएको छ।

शुक्रबार राति बानेश्वरबाट कौशलटारस्थित निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा गौतमको निधन भएको हो।

दुर्घटनापश्चात् नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको उनको उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनापश्चात् ट्रिपर चालकलाई प्रहरीले यिन्त्रणमा लिएको छ। गौतमले दर्जनौं फिल्मको सम्पादन गर्दै आएका थिए।

उनी नेपााल चलचित्र विकास कम्पनीलगायतका पोस्ट प्रडक्सन हाउसमा संलग्न रही फिल्म सम्पादन गर्दै आएका थिए भने हाल प्राइम टाइम टेलिभिजनमा कार्यरत थिए। गौतमले सहायक सम्पादकदेखि काम शुरू गरी सम्पादनको क्षेत्रमा करियर बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्