संगीतमा काफल पाक्यो



विदेशमा रहेर पनि नेपाली गीत–संगीत क्षेत्रमा क्रियाशील गायक बिन्तीकुमार गुरुङले म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेका छन्।

काफल पाक्यो बोलको गीतमा गायक गुरुङकै शब्द र संगीत रहेको छ। ककहाङ सुब्बाको संगीत संयोजन रहेको गीतमा पूर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको छ। गीतमा गुरुङका विदेशी साथीले वाद्यवादनमा साथ दिएका छन्।

यसको म्युजिक भिडियोमा गायक गुरुङको साथमा आयशा अनवरले अभिनय गरेकी छिन्। भिडियोलाई गायक गुरुङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यसको म्युजिक भिडियो सुनील उप्रेतीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको छ।

गायक गुरुङले यसअघि गायिकाहरू अञ्जु पन्त र मेलिना राई संगको सहकार्यमा माया त यस्तो, फूलभन्दा नि राम्री बोलका गीत सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्