‘झर’



नारायण खनाल, अर्घाखाँची

१-भोक मेटाउन जसरी आटो चाहिन्छ
मरि विलीन हुन पनि देशकै माटो चाहिन्छ
२-
काँधमा बसेर सिँढि चढेपछि मनुवा अहो !
देख्दैन आधार भने साँच्चै पटमूर्ख हो !
३-
राष्ट्र बचाउनुछ आउ बोकौँ स्वाभिमान !
हामी मिलेमा टुट्नेछ दुष्टको अभिमान !
४-
सिमानामा लगाउनुछ काँढेतारको बार !
कर्मठ बन सत्य बन तिर्न देशको भार !
५-
नचढ कोही पनि फगतमा अहंको चुचुरो
भ्रष्टाचारले लिपेको महल भन्दा पुज्यछ खरको बुकुरो
६-
खोज्दैछु मधुरत्व कहाँ छ भावमा
अहंकारले लालित्य भर्दैन काव्यमा
७-
सेवामा दीनको तल्लीन छिन् सरिता
मन पोखेमा कविता ,कर्म पोखे खुसी सविता
८-
कति घसिदिन्छौ भ्रमको मल्हम ओठले
जल हो कि छल सिञ्च्यौ थाहा पाउँछ बोटले
९-
पसिना पोख धर्ती रिझाउन
पर्दैन दुखी परेला भिजाउन
१०-
हटाउन अब आमाको पीर
बोक राष्ट्र नझुकाउ शिर

प्रतिक्रिया दिनुहोस्