वृद्धको अन्तिम इच्छा : कोफिनमा आफूलाई मनपर्ने चुँइगमको तस्वीर



न्युयोर्क,(एजेन्सी) । 

जीवनभरि जुसी फ्रुटका अनन्य प्रेमी रहेका अमेरिकाको भर्जनियाका ९४ वर्षिय वृद्धले आफ्नो कोफिनमा जुसी फ्रुट चुइँगमको एउटा प्याकेट पेन्ट गराउन मार्स रिग्ली कम्पनीबाट वैधानिक अनुमति प्राप्त गरेका छन् । ओकिज अन्त्येष्टि सेवाका अध्यक्ष स्याम्मी ओकीलाई उनका साथी सुटी एकोनोमीले आफुलाई मरेपछि त्यस्तो कोफिनमा राखेर गाड्न अनुरोध गरेका थिए ।

मुटुका समस्याको कारण तीन साता अघि अस्पताल भर्ना गरिएका एकोनोमीको भर्जिनिया भेटरान्स केयर क्लिनिकमा अहिले उपचार चलिरहेको छ । उनको स्वास्थमा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले बताएका छन् । दोश्रो विश्व युद्धकोबेला सैनिक रहँदा उनी जुसी फ्रुटी चुइँगमका पारखी बन्न पुगेका थिए ।

त्यतिवेला रिगली कम्पनीले अमेरिकी कर्मचारीहरुलाई विभिन्न स्वादका चुइँगम निशुल्क बाँड्ने गरेको थियो । उनका परिवार र साथीहरु प्नि त्यतिवेला कामबाट फर्कँदा उनले आफुहरुलाई पनि जुसी फ्रुटी ल्याइदिने गरेको अझै सम्झन्छन् । ओकीले रिगली कम्पनी अनुमति दिने क्रममा एकोनोमीको परिवारलाई २ सय ५० प्याकेट जुसी फ्रुटी पनि उपहार स्वरुप दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्