३५ लाखमा कछुवा बेच्न खोज्ने ५ पक्राउ



काठमाडौ । दुर्लभ कछुवा बिक्रि गर्न लागेको बेला कछुवा सहित एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान लकंकीको मकालु पेट्रोल पम्प नजिकै दुर्लभ पहेंले रंगको कछुवा ३५ लाखमा बिक्रि बितरण गर्न लागेको बेला प्रहरी टोलीले गिरोहलाई कछुवा सहित पक्राउ गरेको थियो ।

७ सय ग्राम तौल र १२ इन्च लामो उक्त कछुवा सहित सुर्खेत भेरीगंगा नगरपालिका २ बस्ने सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने सुरेन्द्र श्रेष्ठ, काभ्रे नमोबुद्ध नगरपालिका ८ बस्ने सन्तोष रम्तेल, रौतहट चपुर नगरपालिका ३ बस्ने रुपेश तिमिल्सिना र नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने प्रमोद बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुले उक्त दुर्लभ कछुवा चितवनबाट काठमाडौ ल्याएको बनाय प्रहरीलाई दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्