फेसबुकमा राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाउँदै छौं : मार्क जुकरबर्ग



न्युयोर्क,(एजेन्सी) ।

विश्व चर्चित सामाजिक संजाल फेसबुकका प्रमुख कार्यकारिणी अधिकारी मार्क जुकर्वर्गले एक महत्वपूर्ण अन्तर्वार्तामा फेसबुकले समाजलाई ध्वस्त नपार्ने बताएका छन् ।

बुधवार एक्सियसमा प्रकाशित अन्तर्वार्तामा फेसबुकले सामाजिक विनास गरिरहेको त छैन भन्ने प्रश्नको जवाफ जुकर्वर्गले भनेका छन् , ‘ मलाई प्रजातन्त्रमा अलि बढि नै आत्मविश्वास छ, आशा छ , मेरो यो आत्मविश्वास दुरुपयोग भएको छैन । अधिकांश मानिसहरुले हाम्रो सेवाकोबारे पढेको, सुनेको र देखेको कुरा भन्दा अलिकति अलग्गै धारले बुझिदिनु पर्निे महत्वपूर्ण कुरा हो । अवश्य पनि फेसबुकमा पोस्ट हुने केहि सामग्रीहरुका कारण केहि व्यक्तिलाई आक्रोसित पार्ने गरेको तथ्य भने सही हो ।’

उनले भने-‘ यस्ता सामग्रीलाई पूर्णत नियन्त्रण गर्न अलि कठिनाई पनि बिद्यमान छन् । उदाहरणका लागि हामीले कोभिड १९ महामारी समबन्धी अफवाह फैलाउने जस्ता सामग्रीलाई हामी तत्कालै हटाउने गरेका छौं । विवादास्पद विषयलाई हामी सके सम्म स्थान नदिनेबारे प्रतिवद्ध छौं ।

हामी आगामी नोभेम्वरमा हुन गइरहेको अमेरिकी राष्ट्रपतिय चुनाव हुन एक साता अघि देखि सम्पूर्ण नयाँ राजनीतिक विज्ञापन माथि प्रतिवन्ध लगाउँदै छौं । साथै सो चुनावको वैधानिकता प्रभवित हुने कुनै पनि सामग्री फेसबुकमा पोस्ट नगर्न पनि हामी कडा चेतावनी दिन्छौं ।

प्रतिक्रिया दिनुहोस्