भारतमा गधाको दूध प्रति आकर्षण बढ्दै, फार्मिंगको तयारी



नयाँदिल्ली (एजेन्सी)
कसैलाई गधा भन्नु एक प्रकारले मुर्ख हो भन्ने सम्बोधन गर्नु हो । त्यो बाहेक लगातार काम गर्नेलाई गधाले जस्तो काम गर्ने भन्ने गरिन्छ ।

भारतमा गधाको प्रयोग ओसार पसारको काममा सामान बोकाउनका लागि हुन्छ । तर वाहनको प्रचलन बढेपछि भने गधाको प्रयोगमा कमी आएको मात्र नभई यसको संख्यामा पनि गिरावत आएको देखिन्छ । अब गधाका सम्बन्धमा नयाँ कुरा बाहिर आइरहेको छ जसले यसको संख्या बढाउनमा चासो बढ्ने छ ।

भारतिय कृषि अनुसन्धान परिषदले हरियाणा राज्य स्थित राष्ट्र्यि अश्व अनुसन्धान केन्द्रमा गधाको दुध डेरी स्थापित गर्ने तयारी भइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उक्त डेरीमा हलारी नस्लका गधा राखिने छ र उसको दुध निकालिने छ । केही संचार माध्यमले गधाको दुध ७ हजार भारु प्रति लिटर बिक्री हुन सक्ने समाचारलाई स्थान दिएको छ ।

संयुक्त राष्ट्र्को खाद्द तथा कृषि संगठनले कम महत्व दिन जनावरको दुधमा गधा र घोडाको दुध पनि समावेश गरेको छ । यद्यपी गधा र घोडाको दुधमा प्रोटीन अत्यन्त फलदायी भएको संगठनले जनाएको छ । गाईको दुधबाट एलर्जी हुनेहरुलाई गधाको दुध अत्यन्त लाभदायी हुन्छ । यो दुध मानवको दुध जस्तै हुन्छ जसमा प्रोटिन र चिल्लोको मात्रा कम हुन्छ तर ल्याक्टोज धेरै हुने संगठनले उल्लेख गरेको छ ।

यी जनावरको दुध छिट्टै फाट्ने तर यसको पनीर भने बनाउन नसकिने संगठनले गरेको उक्त सोधले देखाएको छ ।

गधाको दुधको उपयोग कस्मेटिक तथा फर्मास्युटिकल उद्योगमा पनि हुने गर्छ किनभने कोषहरुलाई स्वस्थ पार्न र प्रतिरोधात्मक क्षमता बढाउने गुण यसमा हुन्छ ।

प्राचिन मिश्रकी महिला शासक क्लियोपेट्र आफ्नो सुन्दरता कायम राख्न गधाको दुधबाट नुहाउँथी भन्ने कथन छ ।

एनआरसीईका पुर्व निर्देशक डाक्टर मुक्ती साधन बसुका अनुसार गधाको दुधमा दुई प्रमुख लाभ पाइन्छ, पहिलो यो आमाको दुध जस्तै हुन्छ । अर्को यसमा एन्टी एजिंग, एन्टी अक्सिडेन्ट र रिजेनेरेटिंग कम्पाउन्डस हुन्छ जसले छालालाई पोषण बाहेक त्यसलाई नरम बनाउने काम गर्छ ।

गधाको दुधमा ल्याक्टोज, भिटामिन ए, बी १, बी २, बी ६, भिटामिन डी र भिटामिन इ पनि हुन्छ । गधाको दुधबाट बनेका साबुन, क्रिम, म्वाइस्चराजरको बजारमा माग रहेका छ र अहिले भारतमा कयौं मििहला गधाको दुधबाट बनेका उत्पादनको प्रयोग गरिरहेको उनी बताउँछन् ।

एनआरसीई गधाको दुध डेरीका लागि गुजरातको हलारी नस्लका गधा ल्याउने तयारीमा छन् । भारतका गधामा स्पिटी नस्ललाई मात्र मान्यता दिइरहेकोमा अब गुजरातको जामनगर र द्वारकामा पाइने हराली नस्लका गधालाई पनि मान्यता दिएको पशु आनुवंशिक तथा प्रजनन विभागका अध्यक्ष प्रोफेसर डी एन रांकले बताए ।

भारत सडकमा घुम्ने गधाको नस्लको पहिचान नभएको तर अब दुई नस्लको पहिचान भएको उनले बताए । एक गधाले दिनमा अधिकतम आधा लिटर दुध दिने गरेको प्रोफेसर रांक बताउँछन् । गधाको स्याहार सुसारका आधारमा दुधको मात्रा फरक हुने उनले बताए ।

गधाको दुधको कारोबार युरोप र अमेरिकामा जस्तो हुने गरेको छैन । गधाको दुध महँगो हो तर अहिले नै ७ हजार प्रतिलिटर सम्ममा विक्री भने भइरहेको छैन । ७ हजार रुपैया प्रतिलिटरके आंकडा विदेशी मुल्यका आधारमा सन्चार माध्यमहरुले भन्ने गरेको उनले बताए ।

भारतको तमिलनाडु, केरल र गुजरातमा केहीले फार्ममा राखेर गधा पाल्ने गरेको र यसको खरिद विक्री धेरै जसो अनलाइनबाट हुने गरेको डाक्टर बसु बताउँछन् ।

ऊँट, भेडा, गाई र गधाको दुध र घ्यु तथा मिल्क पाउडर अनलाइनमा विक्री गर्दै आइरहेका सलिमका अनुसार मुम्बइमा गधाको दुध ५ हजार रुपैयाँ प्रतिलिटर सम्ममा हाताहात विक्री हुने गरेको बताउँछन् ।
यसको प्रयोग साबुन र कस्मेटिक उत्पादन बाहेक पेटको ब्याक्टेरियल इन्फेक्सनमा पनि धेरै काम आउने गरेको उनी बताउँछन् ।

दिल्लीमा गधाको दुधको उत्पादन ब्यवसायमा लागेकी पुजाका अनुसार सय ग्राम साबुनको मुल्य ५ सय रुपैया छ र यो खरिद गर्ने एक विशेष बर्ग पनि छ । अहिले नै ७ हजार प्रतिलिटरमा विक्री नभएको तर २ देखि ३ हजार प्रतिलिटर मुल्यमा विक्री भइरहेको उनी बताउँछन् ।

गधाको दुधकै प्रतिलिटर मुल्य कम्तीमा हजार भन्दा माथि भएपछि भारतमा गधाको संख्या मात्र १ लाखमा सिमित भइसकेको छ । गधाको संख्यामा सन् २०१२ को तुलनामा ६० प्रतिशतले गिरावट आइसकेको छ । सन् २०१२ मा पशु गणनामा गधाको संख्या ३ लाख २० हजार थियो भने सन् २०१९ को गणनामा १ लाख २० हजार भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्