पर्वतको कुस्माबजार आज देखि एक हप्ताका लागि ‘सिल’



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको सदरमुकाम कुस्माबजारमा क्वारेन्टाईन बाहिर समुदायका ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि शनिबार(आज) देखि एक हप्ताका लागि बजार क्षेत्र ‘सिल’ गरिएको छ। पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आदेश जारी गर्दै कुस्माको बजार क्षेत्र पर्ने नगरपालिकाकाका ४ वडामा अत्याबश्यक बाहेक सबै क्षेत्र बन्द गरेर ‘सिल’ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको डिसिसिएमसिको वठकले कुश्मा बजार क्षेत्रलाई एक हप्ताका लागि अत्याबश्यक बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय अनुसार कुस्मा नगरपालिकाका वडा नं ४, ५, ६ र ७ मा कडाई गरिएको छ । थप ट्रेसिङको रिर्पोट नआउञ्जेल सम्मका लागि बजार क्षेत्र बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका वडा न ४, ५, ६ र ७ भित्र सवारी आगमनमा प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक सेवा अन्तर्गतका स्थानिय प्रशासन, सञ्चार, बिद्युत, खानेपानी, फोहोर उठाउने कार्य र सुरक्षाका क्षेत्र बाहेक सबै सरकारी र निजी एबम संघसंघस्थाका कार्यालयहरु बन्द गरिएका छन । ब्यापारीक प्रतिष्ठानहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । बैंक, बित्तिय संस्था तथा सहकारीहरु समेत बन्द हुनेछन ।

औषधी, खाध्यान्न र तरकारी बाहेकका सबै पसल र ब्यबसायहरु पनि बन्द हुने भएका छन । मानिसलाई हिडडुलमा समेत कडाई गरिने भएको छ । कुस्माबजारमा कडाई भएपनि कुस्मा नगरपालिकाका अन्य वडाहरु र छ वटा गाउँपालिकाका सबै क्षेत्रमाा यस अघि जस्तै आन्तरिक यातयात, ब्यापार, ब्यबसाय र सरकारी तथा निजी संस्थाका कार्यालयहरु यथावत रुपमा सञ्चालन हुने भएका छन । कुस्माबजारका चार वटा वडामा अन्य वडाबाट आउन समेत प्रतिबन्ध लगाइएको छ ।

पर्वतको कुश्मामा पछिल्लो समय राजनैतिक गतिविधिहरु बढिरहेको थियो ।जिल्लाको कुश्मा नगरपालिका वडा न ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि कुश्मा बजारमा प्रतिबन्धहरु लगाइएको छ । संक्रमितत पुरुष कुश्मा नगरपालिका वडा न ६ मा बस्दै आएका र राजनैतिक देखि सामाजिक गतिबिधिमा समेत सक्रिय भएका कारण समुदायमा थप सक्रमण फैलन नदिन एक हप्ताका लागि बजार क्षेत्रमा कडाई गरिएको हो ।

यस बाहेक कुस्माबजारमा सडक कालोपत्रेका लागि ल्याइएका मजदुरमा समेत संक्रमण पुष्टि भएको छ । निर्माण ब्यबसायीलाई अनिवार्य रुपमा पिसिआर परिक्षण गरेर स्थानिय प्रशासन तथा स्थानिय सरकार संग समन्वय गरेर मात्रै मजदुर ल्याउन भनिएपनि पिसिआर नगरि मजदुर ल्याउँदा समस्या देखिएको छ।

जिल्ला प्रशासन कार्यालयले सुचना नै जारी गरेर अनिवार्य रुपमा पिसिआर गरेपछि ७२ घण्टा भित्रै मजदुर ल्याउन र आबश्यक स्वास्थ्य मापदण्ड पुरा गर्न निर्देशन दिएको छ । पिसिआर नगरि मजदुर ल्याउँदा स्थानिय रुपमा श्वाब संकलन र परिक्षणमा समेत थप जनशक्ति र राज्यलाई भार परेका कारण निर्माण ब्यबसायीले नै पिसिआर गरेर जिल्लामा बिकास निर्माणका काममा मजदुर ल्याउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्