जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?



अहिलेकाे वैज्ञानिक युगमा अभिभावकको सबैभन्दा ठूलो चुनौती हो, बालबालिकालाई संस्कारयुक्त बनाउनु, उनीहरुलाई अनुशासित बनाउनु, उनीहरुलाई सम्हाल्नु आजको सबैभन्दा ठूलो चुनौती हो ।

सबैभन्दा ठूलो चुनौती भनेकाे खाना खुवाउने, टेलिभिजन र मोबाइल चलाउनबाट बन्द गराउनुलगायत बनेको छ ।

अहिले कोरोना महामारीको बेला रहेको छ । त्यसैले बाहिर तिर निस्कनु स्वास्थयका हिसावमा जोखिम हुन्छ ।

बाहिर जान खोज्ने र घुम्न हिँड्नका लागि झगडा गर्ने बालबालिका रहेका हुन्छन् । तर त्यस्ता बानीलाई नियन्त्रणमा लिनु ठूलो चुनौती अभिभावकमा रहेको हुन्छ ।

बालबालिकालाई फकाउन र उनीहरुलाई सम्हाल्नु अभिभावकलाई ठूलो चुनौती रहेको हुन्छ ।

बालबालिकाको हेरचाहमा आमाबुवाको गल्ती दिनप्रतिदिन बढ्दै जान्छ र बालबालिका नराम्रोसँग नियन्त्रण भन्दा बाहिर जान्छन् ।

जिद्दी बालबालिकालाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो कि तपाईंले उनीहरुको नराम्रो काममा कुनै प्रतिक्रिया नदिने र राम्रो काम गर्दा सधै तारिफ गर्ने ।

मनोवैज्ञानिक तथा प्यारेन्टिंग एक्सपर्टस्का अनुसार उनीहरुलाई अनुशासित बनाउन यस्तो काम गर्न आवश्यक छ ।

बच्चासँग जबरजस्ती नगर्नुहोस्

जब तपाई कुनै पनि कुरालाई लिएर बालबालिकासँग जबरजस्ती गर्नुहुन्छ भने स्वभावत तपाई बच्चा बिद्रोही हुँदै जान्छन् । तत्कालका लागि जबरजस्ती गरेर त काम बन्नला तर पछि गएर यो खतरनाक हुँदै जान्छ ।

बालबालिकालााई जबरजस्ती केही गराउँदा पनि पछि त्यस्तै बानी बस्छ र नगर भनेको कुरा गर्ने स्वभाव बन्छ । सकेसम्म आफ्ना बालबालिकासँग कुराकानी र समय विताउँने गर्नुस् ।

जस्तो ८ वर्षको तपाईको छोरा वा छोरीले टीभी हेर्ने जिद्दी गरे भने जबरजस्ती गरेर कुरा मिल्दैन । यसको सट्टा तपाई उनीहरुसँग बस्नुहोस् र यो कुरामा रुची राख्नुहोस् कि उ टिभीमा के हेर्दैछ ।

तपाईले उनीहरुको कार्यमा रुची देखाउनु भयो भने तपाईंको कार्यमा पनि उनीहरुले रुची देखाउनेछन् र तपाईसँग उनीहरु निकट भएको र आत्मिताको महशुस गर्न सकनेछन् । जिद्दी बच्चासँग यस्तै व्यवहार गर्नुहोस् । यसले गर्दा उनीहरुको जिद्दीपन हट्नुका साथै अनुशासित बन्नेछन् । उनीहरुलाई वेवास्ता गर्दा थप समस्या बढ्न जान्छ ।

सुन्नुस् वहस नगर्नुस्

यदी तपाईं चाहनुहुन्छ कि बच्चाले तपाईंले भनेको मानोस् । यसका लाागि स्वयं तपाईले उनीहरुको कुरा बारे ध्यान दिन र सुन्न जरुरी छ ।

मजवुत इच्छाशक्ति भएका बच्चाको आकांक्षा र जिद्दी पना पनि बढी हुन्छ । त्यसको विरुद्ध तपाई बहसमा वा उनीहरुसँग यसो हुन्न, यस्तो हुन्छ भन्ने वहसमा नउत्रनु होस् । यदी तपाईंले उनीहरुको कुरा सुन्नु भएन भने उनीहरु धेरै जिद्दी हुनेछन् ।

यदी बालबालिकालाई आफूलाई अभिभावकले वास्ता नगरेको भान पर्यो भने उनीहरु विस्तारै विस्तारै तपाईको हरेक कुरालाई वेवास्ता गर्दै जान थाल्छन् ।

धेरै सयमदेखि बच्चाले केही गर्ने कुराको जिद्दी गरिरहेको खण्डमा उसको कुरा राम्रोसँग सुनिदिनु आवश्यक हुन्छ । उसको कुरा सकिनुभन्दा पहिला गाली गर्नु हुँदैन । बालबालिकासँग कहिल्यै रिसाएर कुरा नगर्नु होला ।

बालबालिकाको सम्मान गर्नुहोस्

तपाईं आफ्ना छोराछोरीले आफूलाई सम्मान गरेनन् भनेको मानेनन्, जिद्दी भए भनेर दुख मनाउ गरिरहनु भएको छ भने आफूले उनीहरुमाथि गर्ने व्यवहार बारे पनि सोच्नुहोस् ।

बालबालिकालाई आफूले कस्तो व्यवहार, सम्मान गरेको छु भन्ने कुरा थाहा पाउनु भयो भने उनीहरुको व्यवहार किन यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ । भन्नुको मतलव तपाईले बालबालिकालाई सम्मान, माया दर्शाउन कन्जुस्याई नगर्नुहोस् ।

बालबालिकामाथि केही कुरा जवरजस्ती नथोपर्नुहोस् । उनीहरुसँग सहयोग माग्नुहोस् आदेश दिने होइन । उनीहरुको भवनालाई ख्याल गर्नुहोस् खारेज नगर्नुहोस् ।

विकल्प दिनुहोस्

बालबालिकाको आफ्नो दिमाग हुन्छ र उनीहरु सधै त्यस्तो काम गर्न मन पराउँछन् जो उनीहरुलाई भनिएको हुँदैन । यदी तपाईले आफ्नो ५ वर्षको बच्चालाई जबरजस्ती ८ बजेभन्दा पहिला सुत्न जा भन्ने आदेश दिनुहुन्छ भने उसले त्यसलाई अस्विकार गर्न सकछ ।

तर तपाईंले उसलाई आदेश दिनुको सट्टा उसलाई सोध्नुस् कि सुत्नुभन्दा पहिला कुन कथा सुन्न मन पराउँछ । बालबालिकालाई आदेश होइन उसलाई सुझाव र विकल्प दिनुहोस् । यदी तपाईंको बच्चाले म सुत्न जान्न भन्ने जवाफ दियो भने तपाईं नरिसाउनुहोस् ।

उसलाई सुत्न पठाउनका लागि विभिन्न विकल्पहरु दिनुहोस् या उ सँगै ओछ्यानमा सुतेर केही कथा, रमाइलो कुरा सुनाउनुहोस् । यसो गर्नाले बालबालिकाले जिद्दी छोड्दै जानेछन् ।

शान्त रहनुहोस्

यदी तपाईं हरेक कुरामा आफ्ना छोरा छोरीलाई गाली गर्नु हुन्छ भने तपाईको बच्चा तपाईको चिच्याहठलाई बोलिको लडाईको रुपमा लिन सकछन् ।

उसलाई हरेक कुरामा चिच्याएर आफ्नो कुरा जबरजस्ती राख्ने बानी पर्न जान्छ । त्यसैले आफ्ना बालबालिकालाई राम्रो र अनुसासित बनाउनका लागि मिठोसँग बोल्ने गर्नुस् ता कि तपाईंबाट बालबालिकाले सिकुन् ।

प्रतिक्रिया दिनुहोस्