फेरी घट्यो सुनको मूल्य, तोलाको कति ?



न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो ।

बिहीवार सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ ।

चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्