नेकपाको स्थायी कमिटी बैठक जारी, नेपालले जनाए असन्तुष्टि



न्युज अफ नेपाल, काठमाडौँ ।

बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालले भदौ १८ गतेको सचिवालय बैठकमा कार्यदल प्रतिवेदनको १५ बुँदे ‘कैफियत’ राखेकोमा नेपालले असन्तुष्टि व्यक्त गरेका हुन् । नेपालले प्रस्ताव तयार पार्दा एकाधमात्रै समेटिन पुगेका र बाँकी विषय ओझेलमा परेको बताए ।

जारी बैठकमा हालसम्म नेपाललगायतका ९ जना स्थायकी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्