कोरोनाबाट बच्न तीन मिनेट सचेतनामूलक अभियान



रामधन राई, खोटाङ ।

कोरोना संक्रमणवाट वच्न उद्योग बाणिज्य संघ खोटाङले सचेतनामुलक अभियान शुरु गरेको छ । कोरोना भाइरसको महामारी वढिरहेको बेला बाणिज्य संघले दिक्तेलबजारका हरेक घर तथा पसलमा पुगेर सचेतनामुलक कार्यक्रम शुरु गरेको हो ।

संक्रमण फैलिन नदिनका लागि प्रत्येक घर तथा पसलमा कम्तीमा ३ मिनेट स्वास्थ्य सुरक्षा सचेतनाका विषयमा जानकारी दिइने उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । बाणिज्य संघले कम्तीमा ३ मिनेटभित्र ग्राहकसँग भौतिक दुरी कायम गर्न प्रत्येक पसलको ढोकामा अनिवार्य डोरी टाँग्ने, अनिवार्य मास्क प्रयोग गर्न लगाउने, तोकिएको भन्दा बढि मूल्यमा मास्क विक्रीवितरण नगर्न आग्रह गरिसक्ने गरी अभियान थालेको हो ।

यस्तै, होटलमा ‘एक बेञ्च, एक टेवल’मा ग्राहकलाई खाने वस्ने व्यवस्थाका लागि आग्रह गरिएको संघका अध्यक्ष राईले सुनाउनुभयो । अभियानका

क्रममा बाणिज्य संघले सामान्य किसिमको मास्कलाई जोडीको १५ रुपैयाँमा बिक्रीका लागि सूचना टाँस गरिरहेको छ । संघले दिक्तेलबजारका बढि चहलपहल हुने क्षेत्रमा जिवाणुनाशक सोडियम हाईपोक्लोराइड स्प्रे सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्