धार्मिक र पर्यटकीय गन्तब्य बन्दै छाँगेटार झरना



सीताराम अधिकारी, धादिङ ।

पहरो छिचोल्दै खोल्सामा झरेको गल्छी गाउँपालिका वडा नम्बर ३ छाँगेटारमा रहेको झरना गन्दव्यकोरुपमा विकसति हुन्दै गरेको छ ।

गल्छी गाउँपालिका वडा नम्बर ३ मा पर्ने गुप्तेश्वर मन्दिरको पाउँबाट निस्केको पानी ठूलो झरना बनेको हो ।

धादिङको महत्वपूर्ण गन्तव्यको रुपमा रहेको गुप्तेश्वर क्षेत्रमा पर्ने पदमार्गमा छाँगेटार झरना छ । यहाँ रहेको छाँगेश्वर महादेब मन्दिरको नामबाट झरनाको नाम राखिएको स्थानीय बुढापाकाहरु बताउँछन् ।

वर्षको समयमा ठूलो झरना देखिन्छ । वर्षको पानी बढेर झरना पनि ठूलो हुने गरेको हो । पुस माघसम्म झरना ठूलो रहे पनि पानीको मुहान सुक्ने समयमा केही सानो हुने गरेको स्थानीय पत्रकार समेत रहेका सुदर्शन खतिवडाको भनाइ छ ।

छाँगेटार झरना पुग्नका लागि पुथ्वी राजमार्गको आदमघाटबाट एक घण्टाको पैदल यात्रा गरेर पुग्न सकिन्छ । निजि सवारी साधन हुनेहरुले कच्ची सडक झरनाको फेदीसम्म नै पुगेको छ ।

मोटरसाइकलमा समेत सो स्थानसम्म पुग्न सकिन्छ । त्रिशुनली नदी पार गरेर आदमटार, हुँदै गाउँ र जंगलको बिचबाट सडक झरनाकोफेदीसम्म पुर्याइएकोले वडाले यसको विकासमा ध्यान दिने वडा अध्यक्ष कपिल रेग्मीले बताउनु भएको छ ।

पर्यटकीय गन्तव्यको सम्भावना बोकेको र धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको गुप्तेश्वर पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले विषेश योजना बनाएर डिपिआरसमेत गरिसकेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले बताउनुभएको छ ।

गुप्तेश्वर जाने पदमार्गको सुरुमा झरनाको आनन्द लिएर जान सकिने, यहाँ भएरका धेरै ओटा गुफाहरुको अवलोकन गर्दै विविध साँस्कृतिक धार्मिक क्षेत्र, मन्दीरहरुको दर्शन गर्दै हिडेर मज्जा लिन सकिने गरि योजना गाउँपालिकाले बनाएको छ ।

वडाले पर्यटकीय क्षेत्रबनाउन पहिलो योजना छानेकोले यसलाई देशकै नजिकैको झरना सहितको गन्तब्य बनाएर अघि बढ्ने योनामा लागि रहेको गाउँपालिका अध्यक्ष कृष्णहरी क्षेत्रले बताउनु भएको छ।

भुक्मपपछि सानो भएको झरना यसवर्षको वर्षले ठूलो बनाइ दिएको छ।

यहाँ मानिसहरु दिनहुँ याुवाहरु झरनाको मज्जा लिन आउने गरेछन् । केही मानिस टिकटक बनाउनका लागि, केही यहाँको फोटोसंगै खिचेर मनोरञ्जनका लागि र केही यसलाई धार्मिक महत्व छ भनेर मानिसहरु आउने गरेका छन् ।

कल्लेरी छाँगेश्वर झरना, गुप्तेश्वर लगायतका अनेकौँ गुफा, धर्मद्वार पाउद्वार लगायतका पर्यटकीय र धार्मिक स्थानहरुका कारण प्रख्यात रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्