कर्तव्यबोध सार्वजनिक



विभिन्न विधामा विश्व कीर्तिमान कायम गरेका गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत कर्तव्यबोध सार्वजनिक गरिएको छ। २ सय ८८ लाइनको यो गीतले पनि केही समयअघि विश्व रेकर्ड कायम गर्न सफल भएको थियो। गीतमा नारी पुरुष एक–अर्काले गर्नुपर्ने पाँच कुरा माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ति खड्काको स्वर रहेको छ। प्राविधिक हिसाबले प्रत्येक चौबीस लाइनलाई एक भागमा बाँड्दा बाह्र भाग बनेको गीतमा प्रत्येक भागमा बाह्र सुरको प्रयोग गरिएको छ। संगीत संयोजन देवेन्द्र नेवाःको छ।

डा. उपाध्यायले गीत–संगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यायका विश्व रकेर्ड कायम छन्।

उपाध्यायका गीत सबै वर्ग, पेसा र समुदायका लागि रहेको छ। उनका २३ एल्बममा रहेका गीतमा माया–प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि छन्।

प्रतिक्रिया दिनुहोस्