विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



विराटनगर ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा बिहीबार साँझ एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनको कमी देखिएकी विराटनगर १९ मिलनचोककी ४४ वर्षीया महिलालाई बिहीबार कोशी अस्पतालको आइसोलेसनबाट कोभिड अस्पतालमा रेफर गरिएको थियो ।

कोशी कोभिड अस्पतालका प्रमुख डा.दीपक सिग्देलले उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको बिहीबार साँझ सवा ७ वजेतिर उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

कोरोना संक्रमणका कारण कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। विराटनगरमा कोरोनाको कारण १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्