शुक्रबार यी तीन किसिमको व्रत तथा पूजा गरे विशेष लाभ प्राप्त हुन्छ



हिन्दू धार्मिक मान्यताअनुसार हरेक बार (दिनको) एक विशेष महत्व हुन्छ । र बारअनुसार फरक फरक देवी देवताको पूजा गरिन्छ । आज शुक्रबार । हिन्दू धार्मिक मान्यताअनुसार शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ ।

यो दिन हिन्दू धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभव लक्ष्मीको पूजा गर्छन् । शुक्रबारको दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दूर्गा भवानीको पनि पूजा गरिन्छ ।

यी सबैको व्रत तथा पूजा विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्दा घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

तस्वीर– प्रतिकात्मक

प्रतिक्रिया दिनुहोस्