भारत र जापानका प्रधानमन्त्रीबीच फोनवार्ता



नयाँ दिल्ली ।

भारत र जापानका प्रधानमन्त्रीबीच फोनमा कुराकानी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस फोनवार्ताका क्रममा दुई देशबीचको आपसी हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो । उहाँहरुबीच मुम्बई अहमदाबाद दु्रत गतिको रेलसेवाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
उहाँहरुबीच भारत र जापानबीचमा विगतका वर्षहरु देखिको दरिलो र सुमधुर सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त भएको थियो ।

हाल कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो । विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसका कारण विश्वव्यापी रुपमा नै नराम्ररी प्रभाव परिरहेको छ ।

भारतमा अमेरिकापछिको विश्वमा नै सबैभन्दा धेरै भाइरसका संक्रमित भएका छन् । यस भाइरसको प्रकोप नियन्त्रण र रोकथामका लागि आपसमा सहयोग गर्ने प्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्