पाल्पामा एकैदिन चार जनप्रतिनिधी सहित २८ जनामा कोरोना पुष्टि



कविराज नेपाल, पाल्पा ।

पछिल्लो समय पाल्पामा ट्राभल हिष्ट्री नभएकाहरुमा समेत धमाधम कोरोना पोजेटिभ देखिन थालेसँगै जिल्लामा कोरोना समुदायस्तर सम्म पुगिसकेको त हैन भन्ने आशका गर्न थालिएको छ । पाल्पामा वुधवार मात्रै एकैपटक २८ जनामा संक्रमण देखिएको छ जसमा केही व्यक्तिहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत परेका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका स्सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार तानसेन नगरपालिकाका ४ जना जनप्रतिनिधि संगै नगर भित्र १६ जना तथा नगर वाहिर १२ जना गरी २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुकी संक्रमणको पुष्टि भएका २८ मध्ये तानसेन १ मा २ जना, वडा नम्बर २ मा १ जना, वडा नम्बर ६ मा १ जना, वडा नम्बर ७ मा २ जना, वडा नम्बर ८ मा २ जनामा संक्रमणको पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ९ मा १ जना, वडा नम्बर १० मा ४ , वडा नम्बर ११ मा १ जना, वडा नम्बर १२ मा २ जनामा गरी नगर भित्र १६ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । तानसेनका सङक्रमितहरू मध्ये ९ जनाको ट्राभल हिस्ट्री छ भने बाँकीको ट्राभल हिस्टी नभएका अर्थात कहीकतै नगएका व्यक्ति भएको वताइएको छ ।

त्यसैगरी जिल्ला अस्पतालमा उपचार गराइरहेका तानसेन ७ का १ जना, रिब्दीकोट र रम्भा गाउँपालिकाका १/१ जनामा गरि ३ जनामा समेत संक्रमणको पुष्टि भएको हो । बुधबार बेलुकीनै रम्भा गाउँपालिकाका ९ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो । थपिएका २८ जनासंगै पाल्पामा संक्रमितको संख्या ६ सय ४० पुगेको छ भने जिल्लामा कोरोना संक्रमणबाट एक पुरुष र एक महिला गरि दुई जनाको ज्यान गएको छ भने ५ सय ७० जनाले कोरोना जितेका छन ।

गएको दुइहप्ता जिल्लाामा निषेधाज्ञा लागू भएपनि गएको सुक्रवार रातीदेखि देखि प्रशासनले निषेधाज्ञा खुकुलो वनाउनुका साथै पसलहरु पनि खुल्न थालेका छन तर धेरैजसो व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेको देखिएको छैन । यदी समुदायमा नै कोरोना फैलिइसकेको भए यसले झन जटिलता ल्याउने तर्फ खासै चासो नदेखिदा मानिसमा सन्त्रास फैलिएको देखिन्छ ।

नगरपालिकाबाट दिइने सेवा वन्द :

प्रतिनिधि सहित समुदायमा कोरोना संङक्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले विहीवार एक सूचना प्रकाशित गरी सुक्रवार विहान ७ वजेदेख असौज ५ गते विहान ७ वजेसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावस्यक सेवा बाहेक अन्य सेवा बन्द हुने जनाउनु भएको छ ।

तानसेन नगरपालिकाका जनप्रतिनिधीहरुमा संक्रमण पुष्टि भएकोले थप संक्रमण फैलिन नदिन यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्