अन्तराष्ट्रिय उडान थप गर्ने सरकारको निर्णय, स्वदेश फर्किन चार शर्त



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले नेपाली कामदार स्वदेश फर्काउन अन्तराष्ट्रिय उडान थप गर्ने निर्णय गरेको छ । उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफाल पश्चात प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान मन्त्री इश्वर पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो । तर, त्यसका लागि चार वटा शर्त पुरा गर्नुपर्ने भएको हो ।

बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील रहेकले थप अन्तर्राष्ट्रिय उडान थप्न लागिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताउनुभयो । उनिहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको बताउदै उहाँले सरकारले आफ्नो प्रयत्न बढाउदै लैजाने बताउनुभयो ।

उडानका लागि यस्ता छन् चार शर्त

१.पीसीअार नेगेिटभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा  एरलाइन्सले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ ।
२. कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने छ ।
३. श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ ।
४. नियमित उडान नभएका मुलुकमा पीसीअार नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्या थप गरिने छ ।
बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील छ । वहाँको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउदै लानेछ ।
अत्यन्तै प्रतिकुलतामा पनि धैर्य र संम्यमका लागि सबै दिदिबहिनी, दाजुभाईमा आभार ब्यक्त गर्दछु ।
अनेकौ समस्यासँग जुध्दै समन्वय गरिरहनु भएका नेपाली नियोगका प्रमुख तथा कर्मचारी मित्रहरुलाई धन्यवाद भन्न् चाहन्छु ।
एयरलाईन्सका कर्मचारी, एयरपोर्टका कर्मचारी तथा सुरक्षा निकायका मित्रहरु सबैमा आभार ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्