सिराहा कारागारका ५९ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि



सुभेन्द्र दास, लहान ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरानस्थितबिपी कोइराला विज्ञान प्रतिष्ठानको बुधवार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार कारागारका ५९ थुनुवा कैदीबन्दीका साथै चोहर्वास्थित शेरगन नेपाली सेनाका सातजनाजवानसहित ६६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्यकार्यालय सिरहाकाप्रमुख कृष्णदेव यादवले बताउनुभयो ।

पोजेटिभ भएकाहरु २० देखि ५८ वर्ष उमेर समूहका रहेको र सङ्क्रमितमध्ये एक महिला र बाकी सबै पुरुष रहेको स्वास्थ्यकार्यालय प्रमुखयादवले बताउनुभयो ।

अत्यधिक सङ्ख्यामा सङ्क्रमित देखिएपछि जिल्ला कारागारको कैदीबन्दीहरुमा खैलाबैलामच्चिएको छ । कोरोना पुष्टि भएका कैदीबन्दीलाई जिल्ला कारागार भित्रै सुरक्षितआइसोलेसनमा राखिएको कारागार प्रमुखबबितामहतोले बताउनुभयो ।

कारागारमा रहेको करिब पाँच सय ९८ जना कैदीबन्दीमधे ८० जनाको पिसिआर गराउँदा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसंगै जिल्लामाहालदुई सय ६५ जना सङ्क्रमितहरू रहेको स्वास्थ्यकार्यालयले जनाएको छ । तीन सय ५५ जना सङ्क्रमितहरू निको भई घर फर्किसकेका छन् भने जिल्लामाहालसम्म १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्