स्यान फ्रान्सिस्कोमा दिउँसै रात पर्‍यो (तस्वीरसहित)



राजेश ब. श्रेष्ठ, स्यान फ्रान्सिस्को ।

केही दिन यता स्यान फ्रान्सिस्कोको खाडी क्षेत्र क्यालिफोर्नियामा रहेको जंगलमा लागेको आगो झन् बढ्दै गएको छ । आगोका कारण स्यान फ्रान्सिस्कोमा अन्धकार छाएको छ । केही हप्ता अघि परेको चट्याङका कारण सो क्षेत्रमा आगो लागेको हो । ग्रेटर एसएफ खाडी क्षेत्रको लगभग ५३० ठाउँमा चट्याङका कारण आगो लागेको छ ।

स्यान फ्रांसिस्कोको इतिहासमा यस्तो अँध्यारो दिन पहिलो पटक हो । यो भन्दा पहिले स्यान फ्रांसिस्कोमा यस प्रकारको घटना घटेको थिएन । वैज्ञानिक र इतिहासकारहरूको भनाइ अनुसार यस प्रकारको घटना इन्डोनेसियाको लोम्बोक टापुमा भएको थियो । मानव इतिहासको सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटनबाट सन् १२६० तीर लोम्बोक टापुमा करिब दुई वर्ष अन्धकार छाएको थियो ।

चाखलाग्दो कुरा के छ भने उक्त घटना त्यतिखेर भएको थियो जब महान सम्राट कुब्लाइ खानले शासन गरिरहेका थिए, मार्को पोलोको रेशम सडकको काम चलिरहेको थियो भने अरनिकोको उद्यम अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्