श्रीलंकामा गौहत्यामा प्रतिबन्धको तयारी, मासु खान पाइने



कोलोम्बो (एजेन्सी)
श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेको सरकारले देशमा गौहत्यामाथि प्रतिबन्ध लगाएको छ । राजपाक्षेले आफनो सत्तारुढ श्रींलका पोडुजना पेरुमना (एसएलपीपी)का संसदिय समुहलाई सरकार चाँदै यस मुद्दामा विधयक ल्याउने जानकारी दिए ।
यस मामिलामा धरै अघि देखि नै विचार भइरहेको तर कानुन बन्न नसकेको उनले बताए । यद्यपी देशमा गाईको मासु खानमा भने रोक नहुने र यसलाई आयात गर्न सकिने बताइएको छ ।
राजपाक्षे देशमा बुद्ध शासन, धार्मिक तथा संस्कृति मामिलाका मन्त्री हुन् । यसमा कहिले कहिले प्रस्ताव ल्याउने भन्ने विषयमा उनले प्रस्ट पारेको छैन । श्रीलंकामा ठुलो आवादी बुद्ध धर्म मान्छन् । देशमा ९९ प्रतिशत जनता मांशाहारी छन् । यद्यपी हिन्दु तथा बुद्ध धर्म मान्नेहरुले गाईको मासु बिफ खाँदैनन् ।
राजपाक्षेले देशमा गौहत्यामा प्रतिबन्ध लगाइए पनि आयातमा रोक नहुने प्रस्ट पारेका छन् । यसको अर्थ गाईको मासु खानमा रोक हुने छैन । राजपाक्षेको उक्त प्रस्तावलाई सत्तारुढ पार्टीका कुनै सदस्यले विरोध नगरेको समाचारमा जनाइएको छ । पार्टीले पनि सँधै यसलाई लिएर स्पष्ट धारणा राखेको र भोटबैंकका लागि अल्पसंख्यकलाई खुसी पार्न कुनै निर्णय नगर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्