अम्रिसोको निर्यात घट्यो



भद्रपुर, (नेस)
पूर्वी नाका काँकरभिट्टा हँुदै भारततर्फ जाने अम्रिसोको निर्यात वर्षेनी घट्दै गएको छ । पहाडी जिल्लामा मुख्य नगदेवालीको रुपमा रहेको अम्रिसोको माग बढे पनि निर्यात भने कम भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा उक्त नाका हँुदै ४२ करोड २६ लाख ५६ हजार मूल्य बराबरको १३ हजार २ सय ८ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । तर, आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा भने निक्कै कमी आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३७ करोड ४० लाख २ हजार रुपियाँ रुपियाँमा ११ हजार १ सय ३१ मेट्रिक टन अम्रिसो निर्यात भएको थियो । भने गत आर्थिक वर्ष ४ करोड ८६ लाख ५४ हजार रुपियाँ बराबरको २ हजार ७७ मेट्रिक टनले कम भएको सरकारी तथ्यांकले देखाएको छ ।
अम्रिसोको निर्यात वर्षेनी घटेको प्लान्ट क्वारेन्टाइन काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ् राईले जानकारी दिनुभयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पाचथर, इलामसहित संखुवासभा, सिन्धुली, बनेपा, हेटौंडामा उत्पादित अम्रिसो भारत निर्यात हुने गरेको उहाँको भनाइ छ ।
नेपाली अम्रिसो भारतको दिल्ली, मुम्बई, कलकत्ता, राजस्थान, हैदरावादलगायतका बजारमा जाने गरेको व्यवसायीको भनाइ छ । निर्यात वापत सरकारले कृषिजन्य वस्तु भएका कारण भ्याट छुट गरेको छ । निकासी वापत एक बिल बराबर १ सय १३ रुपियाँ दस्तुरबाहेक अन्य कुनै पनि महशुल व्यवसायीले बुझाउनु नपर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्