स्वास्थ्य मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह



बुटवल, (नेस)

बुटवल उद्योग वाणिज्य संघले बुटवलको बजार अनुगमन गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ । कोभिड १९ नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो गरेपछि व्यवसायीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा बजार अनुगमन गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्जवल कसजुले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बुटवल र बुटवल उद्योग बाणिज्य संघले गरेको अनुगमनमा ९५ प्रतिशत व्यवसायीले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गरिएको संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो ।

कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेपछि उद्योग व्यवसाय धाराशयी भएको भन्दै रुपन्देहीमा रहेका ५ वटा उद्योग बाणिज्य संघले स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्ने गरी लकडाउनलाई खुकुलो बनाउन प्रशासनमा पैरवी गरिएको र सोहीअनुसार व्यवसायीलाई स्वास्थ्य मापदण्ड पालना गराउने पनि संघकै दायित्व भएकाले बजार अनुगमन गर्नुका साथै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुपरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्