संगीतमा घिटी–घिटी



गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत घिटी–घिटी सार्वजनिक भएको छ। म्युजिक भिडियोसहित सार्वजनिक गीतमा भीम बिसीको संगीत, टीका खड्काको शब्द र नरेन्द्र वियोगीको एरेन्जमेन्ट रहेको छ।
एउटा थिएटरभित्र पूरै छायांकन सकिएको गीतको म्युजिक भिडियोमा प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको छ। मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी–घिटी सास मात्र अड्काएको कथा भिडियोमा छ।
भिडियोको कथा, कोरियोग्राफी र निर्देशनसमेत प्रथम क्षेत्रीले नै गरेका हुन्। फिल्म अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन र कोरियोग्राफीमा आफूलाई अब्बल सावित गर्दै अगाडि बढेका प्रथमको यो म्युजिक भिडियो र अभिनय दुवै प्रशंसनीय छन्। भिडियोमा नवराज उप्रेतीको छायांकन र अनन्त घिमिरेको सम्पादन रहेको छ। स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षेत्री, भीम केसी ‘कमल’ हुन् भने निर्माता राजेन्द्र खड्का रहेका छन्।

प्रतिक्रिया दिनुहोस्