विश्वमा एकैदिन ५ हजार ९ सय ७९ जनाकाे कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । विश्वमा एकैदिन दुई लाख ७० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन दुई लाख ७० हजार १ सय ३२ जनामा संक्रमण देखिएको हो ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख ९८ हजार ४ सय ३२ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन ५ हजार ९ सय ७९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसरी विश्वभर कोरोनाबाट ज्यान जानेको संख्या ९ लाख ७ हजार ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्