कंगनाको चेतावनी : ठाकरे, आज म माथि जुन क्रुरता र आतंक भएको छ, यसले ठूलो अर्थ राख्छ



एजेन्सी ।

बलिउड नायिका कंगना रनौतको अफिसमा महानगर डोजर चलाएको छ । उनको अफिस भवन अवैध रुपमा बनेको जनाउदै महानगरले डोजर र क्रेन लगाएर भत्काएको हो ।

आफ्नो अफिस भवन भत्काएको अबर पाए लगत्तै कंगना कडा सुरक्षाकाबीच बुधबार पौने ३ बजे मुम्बई पुगेकी थिइन् । मुम्बइ विमानस्थलमा कंगनाका समर्थक र विरोधीहरुले एकै साथ नारा लगाएका थिए । समर्थक र विरोधीको अत्याधिक भीडका कारण उनलाई दोश्रो गेट प्रयोग गरी बाहिर ल्याइएको थियो ।

हाल कंगनाको सुरक्षाका लागि उनको घर बाहिर ५० जना भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । घर पुगेकी कंगनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिदै –‘उद्धव ठाकेर । आज मेरो घर टुटेको छ । भोली तिम्रो घमण्ड टुट्नेछ । जय महाराष्ट्र ।’ भनेकी छन् ।

‘तिमीलाई के लाग्छ, फिल्म माफियाको साथ मिलेर मसँग ठूलै बदला लिए जस्तो लाग्यो । तिमीलाई मलाई ठूलै सहयोग गरेका छौ । मलाई थाहा थियो, कश्मिरी पण्डितको मनमा के चलिरहेको छ ‘ उनले भनिन्-‘ म आज सबै भारतीय नागरिकसँग एउटा वाचा के गर्छु , अयोध्याको बिषयमा मात्र होइन, कश्मिरको बिषयमा पनि एउटा चलचित्र बनाउनेछु । मेरो देश र जनतालाई सचेत गराउनेछु । ठाकरे, यो क्रुरता र आतंक जुन मेरो साथमा भएको छ, यसले ठूलो अर्थ राख्छ । जय भारत ।’’

प्रतिक्रिया दिनुहोस्