थप खुकुलो भयो उपत्यकाको निषेधाज्ञा, यातायातका साथसाथै व्यापार-व्यवसाय खुल्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यकामा भोलिदेखि निषेधाज्ञा थप खुकुलो भएको छ ।

आज उपत्यकाका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले सार्वजनिक र निजी यातायात साधनका साथसाथै व्यापार-व्यवसाय खोल्ने निर्णय गरेको छ । गत भदौ ४ गतेदेखि जारी निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार नै यी सेवाहरु खोल्ने निर्णय भएको बैठकले जनाएको छ । बैठकका अनुसार १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात साधन सञ्चालन हुने भएका छन् । यस्तै, यातायातमा जोर-विजोर प्रणाली लागू गरिएको छ । निजी सवारी साधनमा पनि यो प्रणाली लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्