कर्णालीमा २८ संक्रमित थपिए



दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना भाइरसका २८ जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा बुधवार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २८ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय १९ पुगेको छ ।

कर्णालीका विभिन्न स्थानमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम ४ जना, सल्यानका २ र दैलेखका २ जना रहेका छन । त्यस्तै जाजरकोट, मुगु र चितवनका १/१ जना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १४ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर डिस्चार्ज हुने २ हजार ३ सय ५४ जना रहेका छन । प्रदेशभर सक्रिय संक्रमित ३ सय ५९ जना रहेका छन । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्